रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति आवश्यक

Advertisement

काठमाडौंः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धि विषयमा संघ र प्रदेशको कार्यगत समन्वय र संविधानमा भएका जिम्मेवारीहरुलाई कसरी प्रभावकारी र समन्वयात्मक रुपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा सोमबार छलफल भएको छ ।

प्रदेशका सामाजिक विकास मन्त्री, सचिव र सम्वद्ध विभागीय प्रमूख तथा कर्मचारीहरुको सहभागितामा भएको उक्त कार्यक्रममा प्रदेश मन्त्रीहरुले रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति अंगिकार गर्न जोड दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मण प्रसाद मैनालीले संघ र प्रदेशका अधिकार तथा तिनको कार्यान्वयनमा आउनसक्ने चुनौतिबारे अवगत गराए । उक्त अन्तरक्रिया कार्यक्रममा मन्त्री गोकर्ण विष्टले प्रदेशको सम्भावना र उपयुक्तताको आधारमा जनशक्ति उत्पादन, विकास र परिचालन नीति अवलम्बन गरिने बताए ।

यसैगरी संघले मूलतः नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहले सोको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । आन्तरिक रोजगारको प्रवद्र्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने एवं व्यावसायिक र सीपमूलक तालिम कार्यक्रमलाई प्रदेशको आवश्यकता अनुरुप विस्तार गर्ने प्राथमिकताका साथ अघि बढ्नुपर्ने बताए ।

श्रमको सम्मान गर्ने पद्दतिको विकास, न्यूनतम वेतनको सुनिश्चितता, श्रम सम्बन्धको प्रवद्र्धन एवं बाल श्रम अन्त्य गर्ने दिशामा समेत ठोस रणनीति साथ अघि वढ्नुपर्ने कुरामा समेत मन्त्री बस्नेतले जोड दिए ।

Advertisement

Advertisement

Advertisement