नाडाको अध्यक्षमा शम्भु दाहाल, यस्तो छ नयाँ कार्यसमिति

Advertisement

काठमाडौंः अटोमोवाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइएल्स एशोसियशन अफ नेपालको अध्यक्षमा शम्भु दाहाल निर्वाचित भएका छन् ।

संघको सोमबार सम्पन्न ४१औं बार्षिक साधारणसभाबाट अध्यक्षमा दाहालका साथै १४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । अध्यक्ष दाहालले प्रतिस्पर्धी राम कँडेललाई ५९२ मतान्तरले पराजित गरेका हुन ।

कँडेलले ६८ मत प्राप्त गर्दा दाहालले ६१० मत ल्याउन सफल भए । यसअघि एशोसियशनको उपाध्यक्ष रहेका दाहाल सिप्रदी ट्रेडिङ प्रालिका निर्देशक हुन् ।

सदस्यहरुमा पनि उनकै प्यानल विजयी भएको छ । जसअनुसार कृष्णप्रसाद दुलाल, मिलनबाबु मल्ल, सुनिल रिजाल, सुरेन्द्र उप्रेती, अनुप बराल, करण चौधरी, अभिक ज्योती, विक्रम सिंघानिया, नन्दकिशोर शाही, पंकज अग्रवाल, निलमणि पाठक, प्रकाश कपुरी, सुरज भट्टराई, दीपक अग्रवाल निर्वाचित भएका छन् ।

Advertisement

Advertisement

Advertisement