एनआइसी एसिया बैंकको नयाँ शाखा गीतानगरमा, रेणु दाहालले गरिन उदघाट्न

Advertisement

चितवनः एनआइसी एसिया बैंकको नयाँ शाखा भरतपुर– ६, चोक बजार, गीतानगरमा सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमबीच भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र बैंकका सञ्चालक राजेन्द्र अर्यालले शाखाको उदघाटन गरे ।

कार्यक्रममा मेयर दाहालले एनआइसी एसियाले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन ।

सञ्चालक अर्यालले बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिदै जाने बताए ।

मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९३ एटिएम, चार एक्स्टेन्सन काउन्टर एवं चार ब्रान्चलेस बैंकिङमार्पmत बैकिङ सेवा प्रदान गर्ने एनआइसी एसिया मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हो ।

वासलातको आकार एक खर्ब ५४ अर्ब भन्दा बढि पुगेको भन्दै बैंकले कुल कर्जा करिब एक खर्ब छ अर्ब र कुल निक्षेप करिब एक खर्ब ३० अर्ब पुगेको जनाएको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको एनआइसी एसियाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement