विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई

Advertisement

विराटनगरः विराट गोल्डकप–२०७४ को उपाधि थ्रीस्टार क्लब काठमाडौँले हात पारेको छ । विराटनगरको शहीद मैदानमा आज साँझ सम्पन्न खेलमा त्रिभुवन आर्मीलाई ३–०ले पराजित गर्दे थ्रीस्टारले उपाधि हात पारेको हो ।

खेलको ५४ औँ मिनेटमा थ्रीस्टारले पाएको कर्नरलाई अनन्त तामाङले गोलमा परिणत गरे । शुरुदेखि नै दवावमा राखेको थ्रीस्टारले खेलको ७५ मिनेटमा पेनाल्टी गोल गरेको थियो ।

थ्रीस्टारका विमल घर्ती मगरले पेनाल्टीलाई गोलमा परिणत गरे । खेलको ८२ औँ मिनेटमा विमलले पुनः गोल गरेपछि थ्रीस्टारले तीन गोलको अग्रता कायम गरेको थियो । खेलमा दुई गोल गरेका थ्रीस्टारका विमल ‘म्यान अफ दी म्याच’ घोषित भए ।

Advertisement

Advertisement

Advertisement