मेलम्चीको सुरुङ खनेर सकियो, दशैंसम्म पानी खान पाइने

Advertisement

काठमाडौंः राजधानी काठमाडौं वासिन्दाले दशकौंदेखि प्रतिक्षा गर्दै आएको मेलम्ची खानेपानी आयोजनाको सुरु मंगलबार ब्रेकथ्रु (छिटोलिनु) भएको छ । भण्डै तीन दशकदेखि चर्चामा रहेको यस आयोजनाको २७ किलोमिटर लामो सुरुङ आजै सकिन लागेको हो ।

रानीतिक अनिर्णय, ठेकेदारदेखि स्थानीयको विवादका कारण तोकिएको मितिभन्दा निकै ढिलो सम्पन्न हुन लागेको मेलम्ची खानेपानी आयोजनाको अब भने अधिकांश काम सकिएको छ । राजधानीका सडकहरुमा पनि नयाँ पाइपलाइन विछ्याउने काम सकिएको छ ।

मेलम्ची खानेपानी आयोजनाका निर्देशक रामचन्द्र देवकोटाका अनुसार आज राती सुरुङ ब्रेक थ्रु भएको हो । सुरुङ खनेर सकिए पनि यसमा मर्मत र प्लास्टर गर्नुपर्ने भएकाले सुरुङबाट पानी आउन अझै चार महिना कुर्नुपर्नेछ । सुरुङको सुन्दरीजल सिन्धु र ग्याल्थुम खण्ड यसअघि नै सकिएकोमा बाँकी खण्ड आज सकिएको हो ।

तत्कालीन प्रधानमन्त्री एवं काँग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)ले मेलम्चीको पानी ल्याएर राजधानीवासीको पानीको समस्या समाधान गर्ने घोषणा गरेअनुसार यो आयोजना अघि बढेको हो अधिकांश काम सकिएसँगै खानेपानी तथा सरसफाई मन्त्रालयले दशैंअघि नै मेलम्चीको पानी वितरण गरिने जनाएको छ ।

एसियाली विकास बैंकको समेत ऋण सहयोग रहेको यस आयोजनामा लार्के र याङ्ग्रीको पानी समेत थप गरेर खानेपानी वितरण गर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement