काठमाडौंमाथि रोमाञ्चक जित निकाल्दै चौराहा डीपीएलको फाइनलमा

Advertisement

काठमाडौंः घरेलु टोली टिम चौराहा धनगढी काठमाडौं गोल्डेन्सलाई पराजित गर्दै जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । चौराहाले काठमाडौंलाई १ विकेटको रोमाञ्चक जित निकाल्दै पहिलो क्वालिफायरबाट फाइनल पक्का गरेको हो ।

खेलमा टस हारेर सुरुवाती ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । कप्तान ज्ञानेन्द्र मल्लले काठमाडौंको लागि ३८ रनको योगदान दिए । यस्तै अमित श्रेष्ठले ३६ रन, पुष्प थापाले १६ र भुपेन्द्र थापाले १० रन बनाए ।

चौराहाका सोमपाल कामी ले र ललितसिंह भण्डारीले समान दुई विकेट लिए । विदेशी खेलाडी रोहन मुस्तफा, सुनिल धमला र सम्साद शेखले समान एक विकेट लिए ।

१२८ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको चौराहाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा भेट्टायो । चौराहकालागि रोहन मुस्ताफाले ३३ रन, शंकर रानाले २८ रन, सोनु तामाङले १४ रन बनाए । काठमाडौका सन्नी पटेल, रासिद खान र सहाब आलमले समान दुई विकेट लिए । सुबोध भाटी, ललितनारायण राजवंशीले समान १ विकेट लिए ।

काठमाडौंले अब दोस्रो क्वालिफायरको विजेतासँग फाइनल प्रवेशलाई प्रतिस्पर्धा गर्नेछ ।

Advertisement

Advertisement

Advertisement