एनआइसी एसिया बैंकको नयाँ शाखा काँग्रेस चोकमा

Advertisement

नवलपरासी (गैंडाकोट)ः एनआइसी एसिया बैंकको नयाँ शाखा गैंडाकोट नगरपालिका–४ स्थित काँग्रेसचोकमा मंगलबारदेखि सञ्चालनमा आएको छ । शाखाको उदघाटन गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र बैंकका सञ्चालक राजेन्द्र अर्यालले गरे ।

कार्यक्रमका प्रमुख अतिथि छत्रराज पौडेलले सबै स्थानीय तहमा बैंकिङ सेवा नपुग्दा बसोबास गर्ने उद्योगी व्यवसायीदेखि सर्वसाधारण जनता, कर्मचारीहसमेतलाई समस्या परेको भन्दै यो कुरालाई मनन गरी एनआइसी एसियाले शाखा विस्तारको रणनीति लिएकोमा खुशी व्यक्त गरे ।

बैंकका सञ्चालक राजेन्द्र अर्यालले बैंकले आमसर्वसाधारणको बृहत्तर हितप्रति समर्पित उत्कृष्ट बैंकिङ सेवा एवं सुविधाहरु प्रदान गर्दै आइरहेको दावी गर्दै बैंकले ग्राहकमुखी योजनाहरू पस्केर उनीहरुलाई लाभान्वित बनाउने काम गर्दै आएको बताए ।

एनआइसी एसियाले मुलुकभर १९२ शाखा, १९५ एटिएम, चार वटा एक्स्टेन्सन काउन्टर, चार शाखारहित बैंकिङ सेवामार्पmत् सेवा प्रदान गर्ने आएको छ । यो बैंक निजी क्षेत्रका बैंकहरुमा सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको बैंकमा पर्दछ ।

कुल कर्जा करिब एक खर्ब सात अर्ब र कुल निक्षेप करिब एक खर्ब ३१ अर्ब रहेको यो बैंक कुल कर्जा र निक्षेपको आकारको हिसाबले पनि निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । एनआइसी एसियाले संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास गर्दै आएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement