एनआइसी एसिया बैंक र आइएफसीबीच दीर्घकालीन कर्जा सम्झौता

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंक तथा आइएफसीबीच दीर्घकालीन कर्जा लिनेदिने सम्बन्धमा कर्जा सम्झौतापत्र आदान प्रदान भएको छ । उक्त कर्जा सम्झौतापत्र आदान प्रदान समारोहमा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने तथा आइएफसीका तर्फबाट उक्त संस्थाका आवासीय प्रतिनिधि रोहन रशिद सहभागी थिए ।

उक्त दीर्घकालीन कर्जा सापट लिनको लागि बैंकले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृतिको लागि आवेदन गरिसकेको छ । देशमा विद्यमान तरलताको अभावको अवस्था तथा शोधनान्तर खातामा परेको उच्च चाप जस्ता कारणहरुले स्वदेशी बजारबाट मात्र पयाप्त स्रोत परिचालन गरी सरकारले निर्दिष्ट गरेको आर्थिक वृद्धि हासिल गर्नका लागि चाहिने कर्जाको मागलाई पूर्ति गर्न नसकिने वातावरणलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन कर्जा लिने सम्बन्धमा पहल गरेको एनआइसी एसिया बैंकले जनाएको छ ।

यस दीर्घकालीन कर्जा प्रस्ताव नियमनकारी निकायबाट स्वीकृत भई कर्जा सापटी लिई देशमा परिचालन गर्न सकेको खण्डमा बाह्य क्षेत्रबाट समेत स्रोत संकलन गर्ने तथा परिचालन गर्ने प्रयासमा कोशेढुंगा सावित हुने विश्वास सो बंैक छ ।

उक्त कर्जावापत प्राप्त हुने रकम बैंकले आइएफसी तथा नियमनकारी निकाय राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गर्ने र त्यस क्षेत्रमा लगानी वृद्धि हुनाले देशको आर्थिक वृद्धिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ ।

Advertisement

Advertisement

Advertisement