अब सिंहदरबारमा चिनियाँ सोलारको उज्यालो

Advertisement

काठमाडौंः मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबारदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बाल्न थालिएको छ । चीनको सहयोगमा बनेको एक मेगावाट क्षमताको सोलार प्लान्टको सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्त रूपमा उद्घाटन गरे ।

सोलार ऊर्जा उत्पादनका निम्ति प्रधानमन्त्री कार्यालय, अर्थ, ऊर्जा, संघीय मामिला मन्त्रालयसहित सिंहदरबारस्थित २१ वटा भवनका छतमा सोलार प्यानल जडान गरिएको छ । दुई वर्षदेखि प्यानल जडान गर्न थालिएको हो ।

करिब ६० करोड रुपैयाँ लागतमा निर्मित चाइना एड फोटोभोल्टिक परियोजनाको सोलार ऊर्जा विद्युत् प्राधिकरणको ग्रिडमा जोडिनेछ ।

प्रधानमन्त्री ओलीले सौर्य ऊर्जा प्रणाली मुलुकको आर्थिक विकाससँग जोडिएको महत्त्वपूर्ण परियोजना भएको बताए । उनले यस्ता आयोजना विस्तार गर्न सके मुलुकको समृद्धिको यात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको समाचार आजको कान्तिपुरमा छ

Advertisement

Advertisement

Advertisement