बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो, रोमा सेमिफाइनलमा

Advertisement

एजेन्सीः स्पेनिस जायन्ट बार्सिलोना च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ । इटालियन क्लब रोमासँग समग्रमा ४४ को बराबरी खेले पनि अवे गोलको आधारमा बार्सिलोना प्रतियोगिताबाट बाहिरएको हो ।

बार्सिलोना र रोमाले क्वाटरफाइनलमा समग्रमा ४–४ को नतिजामा खेले पनि अवे गोलका आधारमा रोमा सेमिफाइनलमा आफ्नो स्थान बनायो । रोमाको जितका लागि इडेन डिजेन, ड्यानियल डी रोसी र कोस्टास मानोलासले समान १ गोल गरे ।

डिजेनले छैटौं मिनेटमा गोल गर्दै घरेलु टोली रोमालाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ५८औं मिनेटमा रोसीले पेनाल्टीमार्फत, ८२औं मिनेटमा मानोलासले गोल गर्दै ३–० को जित निकाल्यो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको पहिलो लेगमा रोमा ४–१ ले पराजित भएको थियो । तर, रोमाको घरेलु लिगमा भएको दोस्रो लेगमा घरेलु टोलीले ३– ० को नतिजा निकालेपछि सेमिफाइनलमा प्रवेश गरेको हो ।

Advertisement

Advertisement

Advertisement