आइपीएलमा दिल्ली र राजस्थान भिड्दै, सन्दिपको संभावना झिनो

Advertisement

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गतको आफ्नो दोस्रो खेलमा दिल्ली डेयरडभिल्सले बुधवार राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । दिल्लीमा नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने पनि रहेकाले अधिकांस नेपालीको आँखा आजको खेलमा पर्नेछ ।

किंग्स इलेभेन पन्जावविरुद्ध भएको दिल्लीको पहिलो खेलमा मैदान नउत्रिएका सन्दिप राजस्थानविरुद्धको खेलमा मैदान आउने सम्भावना रहेको छ । पञ्जावविरुद्ध दिल्ली छ विकेटले पराजित भएको थियो । आइपीएलमा दुवै टोली पहिलो जितको खोजिमा हुने छन् । यस्तै, राजस्थान रोयल्समाथि सनराइजर्स हैदरावादले ९ को सानदार जित दर्ता गरेको थियो ।

पहिलो खेलमा दिल्लीका स्पिनरले उत्कृष्ट प्रदर्शन नगरेपछि सन्दिप आजको खेलमा डेब्यु गर्दै मैदान उत्रने सम्भावना रहेको छ । दिल्लीका स्पिनर अमित मिश्राले राम्रो बलिङ गर्न नसके सन्दिप मैदान उत्रने सम्भावना ज्यादा रहेको छ ।

तर, राजस्थानविरुद्धको खेलमा सन्दिपले डेब्यु गर्न टोलीका कप्तान गौतम गम्भिर र प्रशिक्षक रिकी पोन्टिङको विश्वास जित्न सक्नुपर्छ ।

Advertisement

Advertisement

Advertisement