दिल्ली-काठमाडौं बस सेवा अवैध मोवाइल ओसारपसारमा प्रयोग

Advertisement

काठमाडौंः दिल्ली-काठमाडौं चल्ने पर्यटक बस अवैध मोवाइल ओसारपसारमा प्रयोग गर्ने गरिएको तथ्य बाहिरिएको छ । उक्त बसमा लुकाएर ल्याइएका ११२ थान अवैध मोबाइलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

दिल्लीबाट काठमाडौं आउँदै गरेको वा ५ ख १२३५ नम्बरको पर्यटक बस चेकजाँच गर्दा ठूलो संख्यामा मोवाइल भेटिएको हो । उक्त बसले यसअघि पनि यसरी मोवाइलहरु ओसार्ने गरेको प्रहरीको अनुमान छ । चालक बस्ने सिटमाथि फल्स बटम बनाई अवैध मोवाइलहरु लुकाएर ल्याइएको पाइएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको निर्देशन लगत्तै महानगरीय प्रहरी वृत्त कालिमाटीले उक्त बसमा चेकजाँच गरेको थियो । बसमा अवैध मोवाइलहरु फेला परेपछि प्रहरीले बसका दुई चालक र एक सहचालकलाई पक्राउ परेका हो ।

पक्राउ पर्नेमा चालकद्वय रामेछाप दोरम्बा गाउँपालिका ७ का कृष्ण थापामगर, दोलखाका ५६ वर्षीय हरिबहादुर श्रेष्ठ र सहचालक सिन्धुली कमलामाई नगरपालिका ७ का २४ वर्षीय भुवनबहादुर भुचेल छन ।

हिरासतमा रहेका उनीहरुमाथि अनुसन्धान भइरहेको बताएको प्रहरीले जनाएको छ। साथै, प्रहरीले उक्त मोबाइल लिने आउँने संखुवासभा धर्मदेवी ३ स्थायी घर भई हाल स्वयम्भू बस्ने तिलक श्रेष्ठ र सुमित्रा श्रेष्ठमाथि समेत अनुसन्धान सुरु गरेको छ।

बरामद भएका मोबाइलहरुमा सामसुङ्ग कम्पनीको मोवाइल थान ४०, एमआई ३८ थान, भिभो १३ थान, ओपो ११, प्लस वन र बाँकी अरु विभिन्न ब्राण्डका मोवाइलहरु छन् ।

Advertisement

Advertisement

Advertisement