एनआइसी एसिया क्यापिटल निस्शुल्क ‘लगानी सचेतना अभियान’मा सक्रिय

Advertisement

काठमाडौंः लगानीका नयाँ अवसर र जोखिमका बारेमा नयाँ लगानीकर्तालाई अवगत गर्ने उद्देश्यका साथ एनआइसी एसिया क्यापिटलले ‘लगानी सचेतना अभियान’ सञ्चालन गरेको छ ।

सो अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्तालाई लगानीका व्यवहारीक तथा आधारभूत पक्षहरुको बारेमा जानकारी गराएको बैंकले जनाएको छ ।

विभिन्न तहमा अध्ययनरत विद्यार्थी तथा महिलाहरुको सुनिश्चित आर्थिक भविष्यको लागि लगानीले पुर्याउन सक्ने योगदानलाई आत्मसात गर्दै एशिया क्यापिटलले निस्शुल्क रुपमा सो अभियान सञ्चालन गरेको बैंकले जनाएको छ ।

यो अभियानअन्तर्गत हालसम्म २० भन्दा बढि संस्थाहरुमा एनआइसी एसिया क्यापिटलले लगानी सचेतना सेवा प्रदान गरिसकेको छ । इच्छुक समूह तथा संस्थाहरुले सो कार्यक्रम आफ्नो संस्थामा गराउनको लागि सम्पर्र्क गर्न सक्ने छन् ।

लगानीकर्तालाई सवल, सुचित तथा उपयुत्त निर्णय लिन एनआइसी एसिया क्यापिटलले विभिन्न माध्यमबाट क्षमता वृद्धिको सेवाहरुका साथै निःशुल्क डिम्याट सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement