कुलमानको समर्थनमा लेख्ने पाँच पत्रकारलाई चीन घुमाउने तयारी

Advertisement

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले पाँच जना पत्रकारहरुलाई चीन घुम्न पठाउने तयारी गरेको छ । प्राधिकरणको कोषबाट पठाउँदा धेरै विवाद हुने भएपछि एक चिनियाँ ठेकेदारलाई भनेर उनीहरुलाई करिव एक हप्ताका लागि चीन घुमाउन लागिएको हो ।

प्राधिकरणका एक कर्मचारीले फोन गरेर कुलमान घिसिङलाई सहयोग गर्दै आएका पाँच जना पत्रकारलाई चीन पठाउने तयारी भइरहेको बताए । उनले भने, ‘घुम्न पठाउने तयारी भइसकेको छ । सबै कुरा एक दुई दिनमा थाहा पाइहाल्नुहुन्छ । अहिले सबै कुरा नभनौं ।’

पत्रकारको टोलीलाई चीनका केही जलविद्युत तथा सौर्य विद्युत आयोजनाहरुमा घुमाउने र चीनले यस क्षेत्रमा गरेको प्रगतिको बारेमा जानकारी दिने कार्यक्रम छ । टोली आउँदो आइतबार त्यसतर्फ लाग्ने तयारी भइरहेको छ ,

Advertisement

Advertisement

Advertisement