टिसिएलका टिटान गोल्ड र कम्प्रेसरमा पाँच बर्षको वारेन्टी

tcl_brand

काठमाडौंः गर्मी बढेसँगै बजारमा एयर कण्डिशनर (एसी)हरुको माग बढ्ने क्रममा टिसिएल ब्राण्डका एसीहरुको बिक्री बढेर गएको यस ब्राण्डको नेपालको आधिकारिक बिक्रेता इओएल प्रालिले जनाएको छ ।

हरेक वर्ष गर्मीयाममा तापव्रmम बढ्दै गर्दा बजारमा रेफ्रिजिरेटर र एसी माग बढ्ने गर्दछ । तापक्रम मात्र नभएर बढ्दो प्रदुषणका कारण मानिसहरुको स्वास्थमा नकरात्मक असर पर्न थालेको पनि
स्वच्छ हावा पाउन घर,पसल, ठूला महलहरुमा एसीको माग बढेको भन्दै इओएलले जसका कारण टिसिएलको बिक्री बढेको जनाएको छ ।

अन्तर्राष्ट्रियस्तरमा स्थापित ब्राण्ड टिसिएलको गुणस्तर र नयाँ नयाँ विशेषताहरुका कारण कारण नेपालमा यसको उच्च माग रहेको भन्दै कम्पनीले टिसिएलका एसीहरुले शीतलता प्रदान गर्नुका साथै बिजुली पनि कम खपत गर्ने जानकारी दिएको छ ।

आवाजमुक्त टिसिएलका एसीहरुमा टिटान गोल्ड कोटिङ गरिएको छ । कम्प्रेसरमा पाँच वर्षसम्मको वारेन्टी रहनुका साथै भिटामिन फिल्टर तथा कार्बन फिल्टर जडान गरिएको छ । वाल माउन्ट स्प्लाइट एसी, क्यास्टल÷सिलिङ एसी तथा तथा फ्लोटर स्ट्याण्ड एसी गरी तीन प्रकारमा पाइने यसको बजारमा मूल्य ५० हजार रुपियाँदेखि दुई लाख रुपियाँसम्म पर्दछ ।