महालेखा परीक्षकको ५५औं प्रतिवेदन सार्वजनिक, स्थानीय तहमा बेरुजु बढ्यो

Advertisement

काठमाडौंः महालेखा परीक्षकको कार्यालयले ५५ औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयले बिहीबार कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी ५५ औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

आजै महालेखापरीक्षक टंकमणी शर्मा दंगालले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गरेका थिए । पत्रकार सम्मेलनमा शर्माले लेखापरीक्षण योजना अनुसार ३०७३।७४ को लेखापरीक्षण तीन चरणमा सम्पन्न गरेको बताए ।

उनका अनुसार सबै सरकारी कार्यालय र स्थानीस्य तह समेतको २०७४ श्रावण १५ देखि प्रथम चरण अन्तर्गत काठमाडौं उपत्यका सहित १३ जिल्ला दोस्रो चरणमा ३४ जिल्ला र तेस्रो चरणमा २७ जिल्लाको लेखा परीक्षण सम्पन्न गरेको थियो ।

सात सय ३८ स्थानीय तहको बेरुजु १४ अर्ब बेरुजु
२०७४ आषाढ मसान्तमा कायम ७४४ स्थानीय तहमध्ये सात सय ३८ स्थानीय तहको एक खर्ब ८० अर्ब ३१ करोडको लेखापरीक्षण सम्पन्न भएकोमा १४ अर्ब २५ करोड बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । उक्त बेरुजुमध्ये असुल गर्नुपर्ने ७० करोड, अनियमित सात अर्ब ४७ करोड, पेश्की बाँकी छ अर्ब ८ करोड रुपियाँ देखिएको शर्माले बताए ।

Advertisement

Advertisement

Advertisement