सुन तस्करी प्रकरणमा आरके ज्वेलर्सका सञ्चालक शाक्य पक्राउ

Advertisement

काठमाडौंः न्यूरोडस्थित आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य बिहीवार साँझ पक्राउ परेका छन् । शाक्यलाई हिजो बिहीवार ३३ किलो सुन प्रकरणमा अनुसन्धानको लागि गृह मन्त्रालयबाट गठित एक उच्च छानविन समितिले पक्राउ गरेको हो ।

मोरङमा सोनम शाक्यको डेढ महिनाअघि ३३ किलो सुन तस्करीमा हत्या भएपछि प्रहरीका तीन जनालाई पहरी प्रधान कार्यलयले अनुसन्धानका लागि छानविनको दायरमा राखेको छ । प्रहरीले अपराध महाशाखाका प्रमुख एसएसपी दिबेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेललाई अनुसन्धानमा राखेको छ ।

साथै, प्रहरीले यसअघि नेपाल एयरलाइन्सका तीन कर्मचारीलाई र थाई एयरलाईन्सका आठ कर्मचारीलाई छानविनका लागि प्रक्राउ गरिसकेको छ । सहसचिव इश्वर पोखरेलको संयोजकत्वमा गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ ।

सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म १९ जनालाई पक्राउ गरेको छ । उक्त घटनामा प्रहरीका उच्च अधिकारीहरुको संलग्नता रहेको हुनसक्ने सम्भावना रहेको छानविन समितिले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement