नयाँ बर्षमा नारायणगढ–मुग्लिन सडक बन्द नहुने

Advertisement

चितवनः नयाँ बर्षको अवसरमा नारायणगढ–मुग्लिन सडकखण्ड बन्द नहुने भएको छ । हरेक दिन दिउँसो ६ घण्टा बन्द गरेर निर्माणकार्य हुँदै आएको उक्त सडकखण्ड नयाँ वर्षका दिन पुरै समय खुल्ने जनाइएको छ ।

चितवन जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख, प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार नारायणगढ–मुग्लिन सडक आयोजनाले बैशाख १ गते शनिबारका दिन सडक बन्द नगर्ने निर्णय गरेको छ ।

अरु बेला बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म बन्द रहने गरेको यो सडकखण्डलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो सडक बनाउन निर्माणको काम भइरहेको छ ।

अहिलेसम्म यस सडकमा निर्माणको ८८ प्रतिशत काम पुरा भएको भन्दै प्राविधिकहरुले जेठको अन्तिमसम्म काम सक्ने लक्ष्य राखिएको जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement