नयाँ बर्षसँगै इन्टरनेटबाट सेयर कारोबार, अब खरिद बिक्रीका लागि ब्रोकरकोमा पुग्नु नपर्ने

Advertisement

काठमाडौंः नेपाल धितोपत्र बोर्डले वैशाखदेखि इन्टरनेटमार्फत धितोपत्र खरिद बिक्रीको लागि आदेश दिन सक्ने व्यवस्था गर्न धितोपत्र ब्रोकर व्यवसायीलार्इ परिपत्र गरेको छ।

हाल शेयर खरिद बिक्री गर्नु परेमा ब्रोकर कार्यालयमा प्रत्यक्ष उपस्थित हुनु पर्ने वा फोनबाट आदेश दिनुपर्ने व्यवस्था रहेकोमा अब इन्टरनेटबाट कारोबार गर्न सकिने व्यवस्था गर्न बोर्डले परिपत्र गरेको हो ।

यस परिपत्रसँगै ब्रोकरहरुले अब इन्टरनेटबाट पनि सेयर खरिद बिक्रीको व्यवस्था मिलाउनुपर्नेछ । यस व्यवस्थाले लगानीकर्तालाई सहज गर्ने भए पनि लगानीकर्ताले गरेको खरिद बिक्रीको अर्डर सोझै नेप्सेको सिस्टममा भने दाखिला हुँदैन। नेपाल स्टक एक्सचेन्जले तयार पारिरहेको अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि मात्रै सोझै सिस्टममा दाखिला हुन्छ ।

दोस्रो बजारमा शेयर खरिद बिक्रीको लागि ५० वटा ब्रोकर कम्पनीहरुले सेमीअटोमेशनको रुपमा नेपाल स्टक एक्सचेन्जले उपलब्ध गराएको विन्डोमार्फत शेयर खरिद बिक्री गर्ने व्यवस्था मिलाउँदै आएका छन् भने उनीहरुले आफ्ना ग्राहकहरुको रेकर्ड राख्न छुट्टै सफ्टवेयर प्रयोग गर्दै आएका छन्। सोही सफ्टवेयरमार्फत बोर्डले निर्देशन दिएअनुसार लगानीकर्ताले इमेल, एसएमएस र मोवाइल एपबाट खरिद बिक्री आदेश दिन सक्नेछन ।

बोर्डसँग यसअघि भएको छलफलअनुसार ब्रोकर कम्पनीहरुले सफ्टवयरलाई अपडेट गरिसकेका छन् । यस सफ्टवेयरमा खरिद बिक्री आदेश दिन मिल्नुका साथै एकाउन्ट स्टेटमेन्ट, बिल रिसिभ, खरिद बिक्रीको सूचना पनि प्राप्त गर्न सकिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement