युनाइटेड इन्सुरेन्सलाई अग्नी बीमा गर्न रोक

Advertisement

काठमाडौंः युनाइटेड इन्सुरेन्सले अग्नि बीमा गर्न नपाउने भएको छ । सीजी इलेक्ट्रोनिक्सलाई २४ करोड रुपियाँ बढी दाबी भुक्तानी दिएको भन्दै बीमा समितिले युनाइटेडको अग्नि बीमा रोेकेको हो ।

बीमा समितिले शुक्रबार युनाइटेड इन्सुरेन्सलाई अग्नि बीमा बन्द गर्न भन्दै पत्र पठाएको छ । युनाइटेडले किर्ते दाबी भुक्तानी गरेको प्रमाणित भएपछि अग्नि बीमा रोकिने डरले चैत १८ गते सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।

तर, उच्च अदालत पाटनबाट युनाइटेडले किर्ते दाबी गरेको ठहरसहित केही समयअघि बीमा समितिलाई निर्णयको पूर्णपाठ पठाएको थियो ।

अदालतकै आदेशअनुसार समितिले युनाइटेडको अग्नि बीमामा रोक लगाएको थियो । विसं २०६९ असोजमा सतुङ्गल गोदाममा आगो लागेपछि सर्भेयर र अन्डरराइटरले अग्नि बीमा अन्तर्गत ५८ करोड क्षति भएको प्रमाणित गरेको थियो ।

सोहीअनुसार युनाइटेड इन्सुरेन्सले विभिन्न समयमा ३४ करोड दाबी भुक्तानी गरेको र २४ करोड रुपियाँ बैङ्क ग्यारेन्टी गरेको थियो ।

Advertisement

Advertisement

Advertisement