साधनाले एक बराबर एक अनुपातमा हकप्रद सेयर दिने

Advertisement

गोरखाः साधना लघुवित्त वित्तीय संस्थाले आफ्नो प्रथम साधारणसभा साधारण सम्पन्न गरेको छ । गोरखा–६ हरमटारीमा केन्द्रिय कार्यालय रहेको उक्त संस्थाले शुक्रबार साधारणसभा गरेको हो ।

सभाले १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ । हकप्रद शेयर जारीपछि वित्तीय संस्थाको चुक्ता पूँजी चार करोड नब्वे लाख पुग्ने छ ।

त्यस्तै, साधारणसभाले कृष्णबहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत निर्विरोध निर्वाचित गरेको छ । नयाँ सञ्चालकमा राधाकृष्ण भण्डारी, रमेश सापकोटा दिनेश थकाली रहेका छन् भने सोही दिनको सञ्चालक समिति बैठकले अर्जुनकुमार सिंहलाई सञ्चालकमा मनोनयन गरेको छ ।

Advertisement

Advertisement

Advertisement