नयाँ बर्षमा गगनले सुरु गरे अर्को नयाँ अभियान ‘म बन्छु जिम्मेवारः कर्तव्यसंगै अधिकार’

Advertisement

काठमाडौंः नयाँ बर्षको अवसर पारेर काँग्रेस युवा नेता तथा काठमाडौं क्षेत्र नं. ४ का सांसद गगन थापाले नयाँ अभियान सुरु गरेका छन् । उनले आफ्नो क्षेत्रलाई लक्षित गर्दै नयाँ अभियान सुरु गरेका हुन ।

थापाको नयाँ अभियान “म बन्छु जिम्मेवारः कर्तव्यसंगै अधिकार”को शताब्दी पुरुष सत्यमोहन जोशीले शनिबार शुभारम्भ गरे । यसअघिको नयाँ बर्षमा स्वास्थ्यमन्त्री समेत रहेको बेला उनले “मेरो स्वास्थ्य मेरो बर्ष” अभियान सुरु गरेका थिए ।

आफ्नो क्षेत्रमा सरसफाइको लागि थापाले नयाँ नारासहितको अभियान सुरु गरेका हुन । कार्यक्रममा शताब्दीपुरुष जोशीले ४ नं. क्षेत्रमा सुरु गरिएको सरसफाइ अभियान मेचीदेखि महाकालीसम्मका गाँउपालिकाले अनुकरण गर्न अत्यावश्यक रहेको बताए ।

सांसद थापाले नयाँ बर्षलाई कर्तव्यको बर्ष बनाउन आह्वान गर्दै वर्षभरी आफ्ना गतिविधिलाई अधिकार भन्दा कर्तव्यको दृष्टीकोणबाट हेर्न आग्रह गरे । हाम्रा कुनै पनि धर्मले कर्तव्य विनाको अधिकारलाई नमान्ने चर्चा गर्दै उनले कर्तव्य पुरा गर्ने मात्रै अधिकारको हकदार हुने तर्क गरे ।

अधिकार प्रति म जति सचेत रहन्छु कर्तव्य प्रति पनि त्यती नै सचेत रहने छु भन्ने सोच र अठोट नयाँ बर्षका अवसरमा लिन उनले आग्रह गरे ।

यो बर्षभरी आफ्नो निर्वाचन क्षेत्रमा ‘हरेक महिना एक विहान, समुदायको लागि श्रमदान” कार्यक्रम संचालन गरिने थापाले जानकारी दिए । अभियानअन्तर्गत पहिलो पहिलो दिन आज ज्ञानेश्वरदेखि चावहिलसम्म सरसफाई गरियो ।

Advertisement

Advertisement

Advertisement