आर्थिक सर्वेक्षण सुरु, अर्थमन्त्रीले गरे शुभारम्भ

Advertisement

काठमाडौंः पहिलो गर्न लागिएको आर्थिक सर्वेक्षण शनिबारबाट औपचारिक रुपमा शुरु भएको छ । केन्द्रीय तथ्यांक विभागमा अर्थमन्त्री युवराज खतिवडाले यसको सुरुवात गरेका हुन ।

अर्थमन्त्री खतिवडाले भने,‘ आर्थिक सर्वेक्षणले देशलाई विभिन्न तहमा नीति बनाउन र कार्यान्वयन गराउन सहज बनाउने भन्दै यसले मुलुकको आर्थिक स्थिति बुझ्न सहयोग गर्ने बताए ।

जाइकाको प्राविधिक सहयोगमा हुन लागेको यो सर्वेक्षणमा देशका ७७ वटै जिल्लामा सञ्चालनमा रहेका नाङ्लो पसलदेखि ठूला उद्योगसम्मको तथ्यांक संकलन गरिने विभागका निर्देशक अनिल शर्माको भनाई छ ।

विभागले हालसम्म ‘पाइलट’ गणना सम्पन्न गरिसकेको भन्दै उनले ७७ वटै जिल्लामा कार्यालय स्थापना गरेर अनुसन्धान अधिकृत समेत खटाइ सकेको बताए । विभागले कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग र आन्तरिक राजस्व विभागमा दर्ता भएका उद्योगहरुको तथ्यांक संकलन गरिसकेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement