क्रिस्टलले सुरु गर्यो अनलाइन प्रणाली, चाँडै पूर्णस्वचालित प्रणालीमा जान लगानीकर्ताको दबाब

Advertisement

काठमाडौंः नयाँ वर्षको सुरुवातसँगै क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिज् प्रालिले अर्धस्वचालित अनलाइन प्रणालीको सुरुवात गरेको छ । नेपाल धितोपत्र बार्डको निर्देशनअनुसार अनलाइन प्रणाली सुरु गर्ने कञ्चनजंगा पहिलो स्टक ब्रोकर कम्पनी भएको छ ।

बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले यस प्रणालीको सुभारम्भ गरेका हुन । शेयरमा लगानी गर्नेहरुका लागि सजिलो होस भन्ने उदेश्यले इन्टरनेटको माधयमबाट धितोपत्रको खरीद बिक्रिका गर्न सक्ने प्रणलीको सुभारम्भ गरेको हो ।

पहिले शेयर खरिद बिक्री गनृु परेमा ब्रोकर आफैले कार्यालयमा प्रत्यक्ष उपस्थित हुनुपर्ने वा फोनबाट आदेश दिनुपर्ने व्यवस्था थियो । यो प्रबिधिको सुरुवातसँगै अब इन्टरनेटको माध्यमबाट कारोबार गर्न सकिने छन् ।

यो व्यवस्थासँगै अब लगानिकर्ताले गर्ने खरिद बिक्रीको अडर सोझै स्टक ब्रोकरको सिस्टममा दाखिला हुनेछ । यसका लागि लगानीकर्ताले सम्बन्धित ब्रोकरको कार्यालयबाट प्रयोगकर्ताको संकेत चिन्ह र गोप्य नम्बर (पासवर्ड) लिनुपर्ने हुन्छ ।

लगानीकर्ताले यसरी पठाएको बिद्युतीय मागपत्रलाई स्टक ब्रोकरले नेपाल स्टक एक्सचेन्जको कारोबार प्रणालीमा प्रवेश गराएर खरिद बिक्री आदेश मिलेमा किनबेच हुनसक्नेछ ।

दोस्रो बजारमा शेयर खरिद बिक्रीको लागि ब्रोकर कम्पनीहरुले आफ्नो छुट्टै सफ्टवयरमार्फत नेपाल स्टक एक्सचेन्जले उपलब्ध गराएको विन्डोमार्फत शेयर खरीद बिक्री गर्ने व्यवस्था मिलाउँदै आएका थिए । सोही सफ्टवेरमार्फत अब लगानीकर्ताले अब इमेल, एसएमएस र मोवाइल एपबाट शेर खरीद बिक्री आदेश दिन सक्नेछन् ।

यस सफ्टवेरमा खरिद बिक्री आदेश दिन मिल्नुका साथ साथै एकाउन्ट स्टेटमेन्ट, बिल रिसिभ, खरिद बिक्रीको सुचना प्राप्त गर्न सकिने छ ।कार्यक्रममा बोल्दै धितोपत्र बोर्डका अध्यक्ष कार्कीले सेयर बजारमा पनि अब फड्को मार्ने बेला आएको बताएका छन् । उनले अबको एक वर्षमा पुँजीबजारमा धेरै विकास भइसक्ने भन्दै अनलाइन प्रणालीको सुरुवातले बजारलाई पारदर्शी बनाउन सहयो ग मिल्ने बताए ।

नेपाल स्टक एक्सचेन्जका महाहाप्रबन्धक चन्द सिंह साउदले स्टक ब्रोकरहरुले सुरु गरेको सेवा अनलाइन प्रणालीभन्दा पनि खरिद आदेश हो भन्दै जेठभित्र स्वचालित अनलाइन प्रणाली सुरु गर्न नेप्से लागिरहेको बताए ।

कार्यक्रममा क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिज् प्रालिका निर्देसक प्रयराज रेग्मी, पुँजीबजार लगानीकर्ता संघका नवराज सुवेदी, नेपाल इन्भेर्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलले स्वचालिन अनलाइन प्रणालीलाई घोषित मितिमै सञ्चालनमा ल्याउन नेप्से र बोर्डलाई आग्रह गरे ।

उनीहरुले आजबाट सुरु गरिएको अर्धस्वचालित अनलाईन प्रणालीले पुँजी बजार व्यापक बनाउन पहिलो खुट्किलो भएको बताउँदै नकारात्मक कुराहरु मात्रै ल्याएर लगानीकर्तालाई हतोत्साही बनाउने काम कसैले पनि गर्न नहुने बताए ।

Advertisement

Advertisement

Advertisement