अन्जन भण्डारी यो वर्षकै उत्कृष्ट जीवन बीमा अभिकर्ता

Advertisement

काठमाडौंः नेपालको जीवन बीमा क्षेत्रमा प्रिमियम संकलकको रुपमा नेपाली युवा अन्जन भण्डारी यो वर्ष पहिलो स्थानमा रहेका छन् । लाइफ इन्स्योेरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल)मा अभिकर्ताको रुपमा कार्यरत भण्डारीले यस वर्ष सबैभन्दा धेरै प्रिमियम संकलन गर्ने अभिकर्ताको रुपमा स्थान बनाउन सफल भएका हुन् ।

भण्डारी यसअघि पनि लगातार दुई वर्ष नेपालको उत्कृष्ट जीवन बीमा अभिकर्ताको रुपमा सम्मानित भएका थिए । उनले यो वर्ष पनि एलआइसीको विश्वभर भएको २१ वटा शाखाहरुमध्ये नै सबैभन्दा धेरै प्रिमियम संकलन गर्न सफल भएको र उत्कृष्ट अभिकर्ता समेत भएका छन् । उनले यसअघि एलआइसीबाट उत्कृष्ट अभिकर्ताको सम्मान पाएका थिए ।

नेपालको बीमा क्षेत्रमा प्रिमियम संकलन तथा सरकारलाई सो बापत बुझाउनुपर्ने करको क्षेत्रमा विगत तीन वर्षदेखि लगातार उत्कृष्ट हुँदै आएका भण्डारी बीमा क्षेत्रको ज्ञान र सीप आर्जन गर्न करिब ६० देश भ्रमण गरिसकेको र चार लाख भन्दा बढि बीमा एजेन्टहरुलाई प्रतिस्पर्धामा पछाडि पार्दै यो सफलता हासिल गरेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement