घटेको बजारलाई होटल र बीमा समूहले उचाल्यो

Advertisement

काठमाडौंः सेयर बजारमा आइतबार सामान्य सुधार देखिएको छ । दिउसो करिव १२ बजे घटेर एक हजार २५९ अंकमा पुगेको सेयर बजार परिसुचक नेप्से अन्तिममा सुधार आई एक हजार २८० अंक पार गर्यो ।

होटल र बीमा समूहको उपसुचकमा सुधार आउँदा नेप्से दुई अंकले सुधार आउन सकेको हो । दुवै समूहको उपसुचक एक प्रतिशतभन्दा बढिले उक्लिएको छ भने बाणिज्य बैंक, वित्त र जलविद्युत समूह भने ओरालो लागेको छ । बाँकी समूहमा सामान्य सुधार मात्रै छ ।

बजार लामो समयसम्म ओरालो लागेपछि यसको सुधारका लागि लगानीकर्ताहरुको समूह लागिपरेका छन् । उनीहरुले सरकारलाई सेयर बजार सुधारका लागि विभिन्न मागहरु राख्नुका साथै गलत प्रचार नगर्न पनि आग्रह गर्दै आएका छन् ।

पछिल्लो समयमा अर्थमन्त्रीका विवादास्पद अभिव्यक्तिदेखि, बैंकको व्याजदर, नेपाल धितोपत्र बोर्डले जारी गरेको सम्पत्ति शुद्धीकरणसम्वन्धी नयाँ निर्देशिका जस्ता कुराहरुले बजार प्रभावित भएर लगानीकर्ताहरु लगानी गर्न उत्साहित हुन सकेका छैनन् । आज बजारमा जम्मा ३० करोड रुपियाँको मात्रै सेयर किनबेच भयो ।

Advertisement

Advertisement

Advertisement