धागो उद्योगमा पाँच बर्षमा पाँच लाख रोजगारी सिर्जना गर्ने सुत्र व्यवसायीहरुले दिए सरकारलाई

Advertisement

काठमाडौंः नेपाल धागो उत्पादक संघका पदाधिकारीले राजश्व सचिव शिशिर ढुँगानालाई भेटी खुल्ला सीमाका कारण भारतबाट अवैधरुपमा धागो आयात डम्पिङ हुँदा नेपाली उद्योगहरु धरासायी भएको भन्दै समस्या समाधानका लागि आग्रह गरेका छन् । संघले १५ अर्ब रुपियाँ लगानी भएको नेपाली धागो उद्योगहरु विदेशबाट कच्चा पदार्थ आयात गरी स्वदेशमा धागो उत्पादनका साथै एक हजारभन्दा बढिलाई रोजगारी दिँदै आएकोमा खुल्ला सीमाका कारण चोरीछिपी आउने धागोका कारण नेपाली उद्योगहरु संकटमा परेको जनाएको हो ।

Advertisement

संघले आफूहरुले दिएको सुझाव सरकारले कार्यान्वयन गरे पाँच बर्षमा पाँच लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिने दावीसमेत प्रस्तुत गरेका छन् ।
संघले सचिव ढुँगानालाई बुझाएको ज्ञापनपत्र यस्तो छः

२०७५।१।०२

श्रीमान् राजश्व सचिवज्यू, अर्थ मन्त्रालय, सिंहदरवार

विषय: नेपालमा स्थापित धागो उद्योगको समस्या सम्बन्धमा ।

महोदय, उपरोक्त विषय नेपालमा हाल करिव १५ अर्वको लगानी भएका ५ उद्योगहरुले विदेशबाट कच्चा पदार्थ आयात गरि स्वदेशमा धागो उत्पादन गरिरहेका छन र यि उद्योगहरुले स्वदेशमा प्रत्यक्ष १०,००० जनालाई रोजगारी सृजना गरेका छन । यि उद्योगहरुको ‘भ्यालु एडिशन’ कम्तिमा पनि ५० प्रतिशत रहेको छ ।

हाल स्वदेशमा स्थापना भएका धागो उद्योगहरुले एकातिर प्रथमत खुल्ला सिमानाका कारण चोरि छिपी ठुलो परिमाणमा आयात हुने धागोको कारण यो उद्योग सङ्कटमा परेको छ । विगत ३ वर्षको स्वदेशमा धागो विक्रीको तथ्याङ्क अनुसार आ.व. २०६९।७० भन्दा २०७०।७१ मा करिव ९.५० प्रतिशत तथा २०७१।७२ मा २९ प्रतिशत घट्दो क्रममा रहेको निराशाजनक स्थिती रहेको छ ।

विदेशमा धागो ठुलो परिमाणमा उत्पादन हुने भई लागत कम पर्न जाने र आयातित धागो सँग प्रतिस्पर्धा गर्न कठिन अवस्था रहेको छ । हाल भारतिय वजारवाट ठुलो परिमाणमा धागो नेपालमा ‘डम्पिङ’ भइरहेको श्रीमानमा अवगत गराउन चाहन्छौं । यस्तो परिस्थितीमा नेपालमा रहेका उद्योगहरुले सरकारसंग निम्न निवेदन गर्दछौं ।

धागो उद्योगको अहिलेको मौजुदा समस्याः

१. भन्सार मल्याङ्कन न्युन विजिकरण: नेपालमा कपडा उद्योगको विकास धागो उद्योगको विकास हो । अत कपडा उद्योग, होजियरी तथा निटिङ्घ उद्योगको विकास जरुरी रहेको छ । अहिले चिनबाट विभिन्न किसिमका कपडा नेपालमा आयात भईरहेका छन । तर भन्सार नाका केरुङ्गबाट सामान जाँचपास गर्दा प्रति किलो एक अमेरिकी डलरमा समेत मुल्याङ्कन कायम गरि भन्सारबाट छुटिरहेको छ ।

एचएस कोड नं. ५८००, ५९००, ६०००

आयात              २०७१।७२                           २०७२।७३                     २०७३।७४ कपडा                २८,७३६,३९९ किलो          ३१,९३९,३७५ किलो       ४२,५८४,७१७ किलो (सेन्थिटिक टेक्सटायल– रेडिमेडबाहेक)

२. गलत विवरण पेश गरि सामान आयात भइरहेकोः हाल स्वदेशमा कटन धागोबाट सामान उत्पादन गर्ने कारखाना एकदम कम छन । तर भारतबाट रङ डिक्ल्यरेशन गरि भन्सारबाट धागो आयात भईरहेको छ । कटन यार्नमा भन्सार एक प्रतिशत मात्रै तथा भ्याट छुट छ भने सिन्थेटिक धागो आयातमा पाँच प्रतिशत रहेको छ । यसैको फाईदा उठाई कटन यार्नको नाममा सेन्थिटिक यार्न आयात भईरहेको छ ।
कटन यार्न कटन यार्न एचएस कोर्डः ५२०५, ५२०६, ५२०७ आयात सन् २०१५ मा ४,७१,५७० किलो सन् २०१६ मा १२,२८,६६० किलो सन् २०१७ मा १,०८,४८,७१६ किलोजबकी नेपालमा हाल कटन धागोबाट कपडा उत्पादन गर्ने कारखाना थप भएको छैन भने प्रतिवर्ष धागोको आयात बढदै गएको उपरोक्त तथ्या बाट स्पष्ट रहेको छ । यसबाट स्पष्ट हुन्छ कि रङ डिक्ल्यिरेशनबाट धागो आयात भईरहेको छ । ३. हाल विदेशबाट तयारी सिन्थेटिक धागो अयात गर्दाको अवस्थामा भन्सार दरबन्दी पाँच प्रतिशत कायम रहेको छ । भन्सार दरबन्दीको न्युन फरकले गर्दा स्वदेशी धागो भन्दा विदेशी धागोको प्रयोग धेरै भैरहेको र आयात बढदो रहेको ।सिन्थेटिक यार्न एचएस कोडः ५५०८, ५५०९, ५५१०, ५५११ आयात सन् २०१५ मा ९,४७,९८९ किलो सन् २०१७ मा १०,८५,१६२ किलो सन् २०१८ मा १०,८३,१४५ किलो भन्सार महशुलः पाँच प्रतिशतबजार व्यवस्थाः हाल स्वदेशमा रहेका धागो उद्योगहरुले आफ्नो औद्योगिक क्षमताको पूर्णरुपमा उपभोग गरि उत्पादन गर्न सकिरहेका छैनन । विदेशमा बजार खोजी उत्पादनको ८० प्रतिशत धागो निर्यात गरिरहेका छन । तर स्वदेशमा विदेशबाट मुख्यत चीन र भारतबाट आयात हुने कम लागतको धागो तथा न्युन विजकीकरण तथा चोरी निकासीले गर्दा स्वदेशी धागो प्रतिस्पर्धा गर्न नसकी स्वदेशी बजारमा अपेक्षाकृत उपभोग हुन नसकेको अनुसन्धान तथा निरीक्षणबाट देखिएकोे छ ।अपेक्षाः १. न्युन विजकिकरणलाई रोक्नुपर्ने प्रथमतः अनिवार्य छ । २. रङ डिक्ल्यरेशनबाट अयात हने कुनै पनि सामानलाई तत्कालै बन्द गर्नुपर्ने । ३. स्वदेशमा स्थापित अन्य ठूला किसिमका उद्योग जसको भ्यालु एडिशन १० देखि ३० प्रतिशत मात्र रहेको छ, उक्त उद्योगहरुलाई ३०–४० प्रतिशत सम्मको आयातमा प्रोटेक्शन (तयारी सामान आयात गर्दा ) छ भने ५०–६० प्रतिशत भ्यालु एडिशन गर्ने यस धागो उद्योगहरुलाई कम्तिमा पनि आयातमा (तयारी सामान) १५ प्रतिशतको प्रोटेक्शन हुनुपर्ने माग रहेको छ । ४. विदेशबाट सिन्थेटिक धागो तथा कटन धागो आयात गर्दा भन्सार महशुल कम्तिमा पनि १५ प्रतिशत तथा मूअकर समान रहनु पर्ने । ५ रङ डिक्ल्यरेशनबाट कटन धागो आयात गर्ने परिपाटी भएको र यसलाई रोकेको नदेखिएकोले दुवै खालको धागोको भन्सार दरवन्दी समान हुनुपर्ने । ६.विगतको समयमा सुती कपडा निम्न वर्गका व्यक्तिले प्रयोग गर्ने धारणा भई यसमा सरकारले भन्सार महशुल तथा अन्य कर छुट दिंदै आएको छ । तर हालको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा सिन्थेटिक भन्दा सुती कपडा अत्यन्तै महगो र उच्च वर्गले प्रयोग गर्ने हुंदा सुती कपडा आयातमा अन्य रेशाका कपडाबाट बनेकोसरह भन्सार तथा अन्य कर कायम हुनुपर्ने । तर, कात्रोको रुपमा आयात हुने सेतो कपडा आयात गर्दा भन्सार तथा मूअकर पूर्णरुपमा छुट हुनुपर्ने । ७. विदेशबाट आयात हुने कपडा तथा धागोमा एन्टी डम्पिङ र सेफ गार्ड ड्युटी तुरुन्तै लागु हुनुपर्ने । ८. नेपालबाट भारत तथा तेस्रो मुलुकमा निर्यात हुने धागोहरुमा नेपाल सरकारबाट हाल दिई आएको नगद प्रोत्साहन लाई वृद्वि गरी पाँच प्रतिशत पुर्याएको खण्डमा उद्योगको निर्यात व्यापार वृद्वि भई १० अर्ब रुपियाँभन्दा बढी निर्यात हुने समेत श्रीमान्सँग यो निबेदन गरिन्छ । अतः यस संघले अपिल गरेको उपरोक्त उल्लेखित समस्याहरु समाधान भएमा नेपालमा रहेका धागो कपडा तथा गार्मेन्ट उद्योगको इन्डष्ट्री चनले आउँदो पाँच वर्षभित्र करिव पाँच लाख प्रत्यक्ष रोजगारीको सिर्जना गर्नेमा हामी पूर्ण आशावादी छौं ।

भावदिय

पवन गोल्याण नेपाल धागो उत्पादक संघ (अध्यक्ष)

Advertisement

Advertisement