माछापुछ्रेको थप तीन वटा शाखारहित बैंकिङ सेवा, रियल टाइममा नै खाता खोल्न मिल्ने

Advertisement

काठमाडौंः माछापुच्छ्रे बैंकले बाँके, बर्दिया र कास्कीमा तीन वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बाँकेको बैजनाथ–५, बनकटुवामा, बर्दियाको वासगढि–१, बबईमा र कास्कीको माछापुच्छ्रे–७, धम्पुस गरी तीन शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा बाँके र बर्दियामा शाखारहित बंैकिङ सेवा सुचारु गरेको हो । योसहित माछापुच्छ्रे बैंकको हालसम्म १८ शाखारहित बंैकिङ सेवा पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उतm शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुतmानीका साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको बैंकले जनाएको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको जनाएको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउने जनाएको छ । साथै, बैंकले १४ जिल्लामा विपन्न वर्ग कर्जा प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान सञ्चालन गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement