महालक्ष्मीले ल्यायो– एमएलबीबीएल स्मार्ट बैंकिङ सोलुशन

Advertisement

काठमाडौंः विकास बैँकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी रहेको महालक्ष्मी विकास बैंकले एमएलबीबीएल स्मार्ट बैंकिङ सोलुशन सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले कम्प्यूटरको बटन थिचेर यस सेवाको शुभारम्भ गररे ।

नयाँ वर्षको सुरुवातसँगै आफ्ना ग्राहकहरुलाई छिटो छरितो र अझ सरल बैकिङ सेवा उपलब्ध गराउन एमएलबीबीएल स्मार्ट बैंकिङ सोलुशनको सुरुवात गरेको बैंकले जनाएको छ । यस अन्तर्गत नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट आदिको महसुल भुक्तानी, इसेवामा रकमान्तर जस्ता सुविधाहरु रहेका छन् ।

बैँकले आगामी दिनमा स्मार्ट बैंकिङ सेवा अझ प्रभावकारी बनाउन भाइबर बैकिङ र नेरु जस्ता सेवा सुविधा उपलब्ध गराउन तयारी गरिएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement