यामाहाको पूरानो मोटरसाइकल वा स्कुटर एक्चेन्ज गर्न चाहेमा ७५ प्रतिशतसम्म मूल्य पाइने

Advertisement

काठमाडौंः नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका हरेक स्कुटरको खरिदमा अभूतपूर्व ‘रिसेल प्रोमिस’ घोषणा गरेको छ ।

यो योजनाअनुसार यामाहा स्कुटर खरिद गर्ने ग्राहकले एक वर्षभित्रमा यामाहा मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहेमा पूरानो स्कुटरको मूल्यांकन खरिद मूल्यको ७५ प्रतिशत पक्का पाउने कम्पनीले जनाएको छ ।

यसका साथै, स्कुटर किनेको १२ महिनादेखि १८ महिनाको अवधिमा एक्सचेन्ज गर्न चाहने ग्राहकले पुरानो स्कुटरको मूल्यांकन पहिलेको खरिद मूल्यको ७० प्रतिशत पाउनेछन् ।

त्यसैगरी, १८औं महिनादेखि २४औं महिनामा यामाहाका दुई पाँग्रेसँग एक्सचेन्ज गर्न चाहने स्कुटरधनीले ६५ प्रतिशत मूल्यांकन पाउनेछन् । यामाहाको ‘रिसेल प्रोमिस’ चैत १ गतेदेखि स्कुटर खरिद गर्ने सबै ग्राहकले पाउने र यो योजनाको वैधता तीन वर्षसम्म हुने कम्पनीले जनाएको छ ।

एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेल भन्छन, ‘भर्खरै भएको एक अध्ययनले यामाहाका स्कुटरहरु स्टाइल र कम्फर्टमा सबैभन्दा बढी रुचाइएको देखाएको थियो । ग्राहकको रोजाइमा पर्नु गर्वको कुरा हो । उहाँहरुप्रति कृतज्ञता व्यक्त गर्न हामीले यो योजना ल्याएका हौं । अब यामाहाका स्कुटर स्टाइलिस र कम्फर्टेबल मात्र छैन, रिसेल प्रोमिस ग्यारेन्टी गरिएको पनि छ ।’

छ वर्ष अघिदेखि नेपालमा स्कुटर भित्र्याउन थालेको थियो एमएडब्ल्यु इन्टरप्राइजेजले छोटो अवधिमा यामाहाका स्कुटर नेपाली ग्राहकमाझ लोकप्रिय बनेको भन्दै डिजाइन र प्रविधिमा यामाहाको नविनतम प्रयोगले गर्दा विश्व बजारमा नै यामाहाको स्कुटर चर्चित रहेको जनाएको छ ।

यामाहाको इन्जिनियरिङले स्कुटरलाई स्टाइलिस र स्पोर्टी भिजुअल अपिल दिनुका साथै यसले हरेक राइडलाई आरामदायी र रोमाञ्चकारी समेत बनाउने कम्पनीको भनाई छ । नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन् ।

यी स्कुटरहरु विभिन्न उमेर र फरक पेसामा आबद्ध महिला पुरुषलाई सुहाउने गरी तयार पारिएको भन्दै कम्पनीले यामाहा स्कुटरमा प्याटेन्डेट ब्लुकोर टेक्नोलोजीजडित इन्जिन रहेको, जसले स्कुटरको पर्फमेन्स र माइलेजलाई पनि बढाउने जनाएको छ ।

यामाहाले नयाँ वर्ष २०७५ को अवसरमा ‘आमन्त्रण’ नामको ग्राहक योजना ल्याएको छ । यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनेछन, जसमा उनीहरुले पाँच हजार रुपियाँदेखि ५० हजार रुपियाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनेछन ।

Advertisement

Advertisement

Advertisement