प्रभु बैंकका कर्मचारीलाई मेडिसिटीमा १० प्रतिशत छुट

nepal_mediciti_hospital_prabhu_bank

काठमाडौंः प्रभु बैंक र ललितपुर सैंबुस्थित नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रालि) बीच प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई सेवा सुविधामा लाग्ने शुल्कमा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका चिफ मार्केटिङ्ग अफिसर अशोक खड्गी र नेपाल मेडिसिटीका महाप्रबन्धक बिजय रिमालले आइतबार हस्ताक्षर गरे । सम्झौताबमोजिम प्रभु बैंकका कर्मचारी तथा बैंकका प्रिभिलेज कस्टुमर एवं डेविट तथा क्रेडिट कार्ड होल्डरहरुलाई नेपाल मेडिसिटीले प्रदान गर्ने सेवाहरुमा लाग्ने सेवा शुल्कमा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुनेछ ।

nic-asia

नेपाल मेडिसिटीसँगको यस सम्झौतापछि प्रभु बैंकका कर्मचारी एवं बैंकका ग्राहकहरु मेडिसिटीको उच्चस्तरीय स्वास्थ्य सेवा सुपथ मुल्य उपभोग गरी लाभान्वित हुन सहयोग पुग्ने बैंकले जनाएको छ ।