हिमालयन बैंक र आइएफसीबीच लगानी सम्झौता

Advertisement

काठमाडौंः हिमालयन बैंक र विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी)बीच महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायमा लगानी गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा हिमालयन बैंकका कार्यकारी प्रमुख अशोक राणा र आइएफसीका आवाशीय प्रतिनिधि एम रेहान रशिदले हस्ताक्षर गरे । सम्झौताअनुसार आइएफसीले हिमालयन बैंकलाई आवश्यक कोष कर्जा स्वरुप उपलब्ध गराउने छ ।

महिला उद्यमीहरुको साना तथा मझौला व्यापार स्थापना, सञ्चालन र प्रवद्र्धन गर्नु उक्त सम्झौताको मुख्य उद्देश्य हो भन्दै बैंकले प्राप्त रकम नेपाली महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धनमा प्रयोग गर्ने बताएको छ ।

Advertisement

Advertisement

Advertisement