मेलम्चीमा ठेकेदारलाई गैरकानुनीरुपमा ३० करोड भुक्तानी

Advertisement

काठमाडौंः मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा कानुनविपरित झण्डै ३० करोड रकम क्षतिपुर्ति दिइएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदन अनुसार मेलम्ची खोनपानी विकास समितिले ठेकेदार कम्पनीलाई कानुनविपरित २९ करोड ७६ लाख रुपियाँ क्षतिपुर्ति तिरेको पाइएको हो ।

आयोजना निर्माणका क्रममा समितिले ठेकेदार कम्पनीलाई अहिलेसम्म एक अर्ब पाँच करोड ६६ लाख रुपैयाँ क्षतिपुर्तिबापत भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । यसले राज्यलाई करोडौं रुपियाँ आर्थिक भार परेको आजको नागरिक दैनिकमा समाचार छ ।

Advertisement

Advertisement

Advertisement