युनाइटेड पराजित भएसँगै प्रिमियर लिगको उपाधि सिटीलाई

Advertisement

एजेन्सीः इंग्लिस प्रिमियर लिग अन्तर्गतको फुटबल प्रतियोगिताको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतवार राति भएको खेलमा लिगको पुच्छरमा रहेको ब्रुमसँग म्यानचेस्टर युनाइटेड पराजित भएपछि सिटी पराजित भएको हो ।

वेस्टब्रुमका जोय रोड्रिगेजले ७३औं मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरेका थिए । जितपछि पनि वेस्टब्रुम २४ अंकसहित अंक तालिकाको अन्तिममा यथावत छ । आइतवारनै भएको अर्को खेलमा न्यूक्यसलसँग आर्सनल २–१ ल पराजित भएको छ ।

युनाइटेडको पराजयसँगै प्रतिद्वन्दी म्यानचेस्टर सिटीले उपाधि कब्बजा गर्न सफल भएको छ । शनिबार भएको खेलमा सिटीले टोटेनह्यामलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । उपाधिबाट एक खेल मात्र टाढा रहेको सिटीलाई युनाइटेडको हार उपाहारमा आएको हो ।

युनाइटेडले लिगमा अब खेल्न बाँकी रहेका सबै खेलमा जित निकाले पनि सिटी लाई भेट्ने छैन । प्रतियोगितामा ३३ खेलबाट सिटीले ८७ अंक बनाएको छ ।

Advertisement

Advertisement

Advertisement