नेपाली लोकप्रिय ब्राण्ड ‘बाजेको सेकुवा’ अब न्यूयोर्कमा पनि

Advertisement

न्यूयोर्कः नेपाली ब्राण्डको रेष्टुरेन्ट बाजेको सेकुवाले आफ्नो शाखा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरेको छ । नयाँ वर्षको अवसरमा बाजेको सेकुवाले अमेरिकाको न्यूर्योकस्थित क्विन्स सन्निसाईडमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याउँदै अन्तर्राष्ट्रिय बजारमा व्यापर विस्तार गरेको हो ।

अमेरिकामा स्थापना भएको बाजेको सेकुवा रेष्टुरेन्टका लगानीकर्ता दीपक भण्डारीले नेपालको उत्कृष्ट ब्राण्डमा लगानी गर्न पाएकोमा खुसी लागेको बताए । उनले बाजेको सेकुवामा लगानी गर्दा नेपालको ब्राण्ड र परिकारलाई अन्तर्राष्ट्रिय करण गर्न सकिने बताए ।

देशभित्र १३ ओटा आउटलेट सञ्चालनमा ल्याइरहेको बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले २०२४ सम्ममा अमेरिकाको विभिन्न सहरमा गरि आधा दर्जन स्थानमा रेष्टुरेन्टको शाखा विस्तार गर्ने बताए ।

उनले आगामी दिनमा कतारको राजधानी दोहा, अष्ट्रेलियाको सिड्नी र फिनल्याण्डमा पनि विस्तार गर्ने तयारी भईरहेको बताए ।

Advertisement

Advertisement

Advertisement