लुकाएर ट्याङकरमा राखिएको १६० केजी गाँजा बरामद

Advertisement

काठमाडौंः इन्धन बोक्ने ट्याङमा लुकाएर ल्याउँदै गरेको एक सय ६० केजी अवैध लागु औषध गाँजासहित प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ । प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले पाएको विशेष सूचनाको आधारमा गत शनिवार उनीहरुलाई चन्द्रागिरीबाट पक्राउ गरेको हो ।

पक्राउ गरेपछि ब्युरोले सोमबार पत्रकार सम्मेलन गर्दै प्रहरीले मकवानपुर थाहा नगरपालिकाका २२ वर्षिय सोमबहादुर थोकरलाई र मकवानपुरकै कैलाश गाउँपालिकाका ३६ वर्षिय इमानसिंह स्याङबोलाई पक्राउ गरेको हो ।

ना ४ख५३६८ नम्बरको ट्याङरको क्याबिनमा १७ वटा पोकामा प्याक गरिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त परिणामको लागु गाँजा लुकाएर त्रिभुुवन राजपथको बाटो हुँदै सर्लाहिको मलंगाहुँदै भारतमा निकासी गर्न लागिएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका दुई आरोपीहरु विगतका दिनमा पनि अवैध रुपमा गाँजाको कारोबारमा संलग्न रहेको प्रहरीको आशंका छ । घटनामा थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement