एपेक्स बैंक घोटाला प्रकरणमा भ्युटावरका ठेकेदार मनोज भेटवाल पक्राउ

Advertisement

काठमाडौंः पुरानो बसपार्कमा निर्माणाधिन भ्यु टावरका ठेकेदार मनोजकुमार भेटवाल एपेक्स बैंकको घोटाला प्रकरणको आरोपमा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई एपेक्स बैंकको करिब दुई अर्ब रुपियाँ घोटला गरेको आरोपमा सोमबार पक्राउ गरेको हो ।

उनले कमसल जग्गा धितो राखेर तत्कालिन एपेक्स विकास बैंकबाट ११ करोड ९० लाख रुपियाँ ऋण लिएकाले पक्राउ गरिएको हो । भेटवाल सञ्चालक रहेको जलेश्वर स्वेछन्द विक्वोइ विल्डर्स कम्पनीले पुरानो बसपार्कको भ्यु टावर निर्माण गरिरहेको छ ।

उनीमाथि थप अनुसन्धान गर्नको लागि हिरासतमा लिइएको प्रहरी प्रवक्ता उपरिक्षक जीवन श्रेष्ठले जानकारी दिए । भेटवाल ‘क’ वर्गका निर्माण ठेकेदार हुन् ।

Advertisement

Advertisement

Advertisement