दुर्घटनाबाट बच्यो समिट एयरको विमान

Advertisement

सल्लेरीः समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ ।

बिहान १०: ३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल आएको नाइन एनएएमएच कल साइनको उक्त जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा उफ्रिएर पछाडिको भागले जमीन छोएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।

पाइलटले अटो प्लाइलोट अन गर्न भुल्दा विमानको पछाडिको भागले जमीन छुँदा सामान्य कुच्चिए पनि कुनै मानवीय क्षति नभएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । विमानमा १८ विदेशी सवार थिए । विमानमा सामान्य क्षति पुगेपछि काठमाडाँैबाट प्राविधिक टोली आई जाँच गरेपछि अपराह्न ३ः १० मा पुनः काठमाडौँ फर्किएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा रहेको उक्त विमानस्थल आन्तरिक उडान हुने अन्य विमानस्थलमध्ये व्यस्त छ । प्राविधिक दृष्टिकोणले विमानस्थल अति संवेदनशील मानिन्छ । धावनमार्ग अति छोटो भएकाले पनि उडान भर्दा समस्या आउने गरेको विमान चालकको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement