पेट्रोल, डिजल र मट्टीतेलको भाउ फेरि बढ्यो

Advertisement

काठमाडौंः नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । दुई हप्ताअघि मात्रै बढाइएको मूल्य फेरि बढाइएको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै पेट्रोल र डिजलमा प्रतिलिटर दुई दुई रुपियाँ मूल्य बढाइएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक सय छ र डिजेल तथा मट्टीतेल ८७ रुपियाँ पुगेको छ। मूल्य वृद्धिपछि निगमको पाक्षिक नाफा २१ करोड रुपियाँ कायम भएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिएका छन् ।

भारतीय आयल कर्पोरेशनले हरेक १ र १६ तारिखमा अन्तर्राष्ट्रिय भाउअनुसारको मूल्य पठाउँछ । सोही मूल्यअनुसार निगमले आफ्नो नाफा सुरक्षित गर्दै स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्नेगर्छ ।

Advertisement

Advertisement

Advertisement