सन्दिपबिनै मैदान उत्रिएको दिल्ली कोलकत्तासँग पराजित

Advertisement

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गए राति भएको खेलमा दिल्ली डेयरडेभिल्स कोलकत्ता नाइट राइडर्ससँग पराजित भएको छ । नेपाली युवा खेलाडी सन्दिप लामिछाने बिनै मैदानमा उत्रिएको दिल्ली कोलकत्तासँग ७१ रनले पराजित भएको हो ।

खेलमा टस हार्दै ब्याटिङ सुरु गरेको कोलकत्ताले निर्धारित २० ओभरमा नौ विकेटको क्षतीमा २०० रन बनायो । जवाफी ब्याटिङ गर्दै २०१ रनको विजयी लक्ष्य पक्ष्याउने क्रममा १४ ओभरमा १२९ रन बनाउँदै अल आउट भयो ।

दिल्लीका म्याक्सवेलले ४७ रन, रिसब पन्तले ४३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन जोड सकेनन् । दिल्लीका सुनिल नराइन र कुलदिप यादवले समान ३ विकेट लिए ।

यस्तै सुरुवाती ब्याटिङ गरेको कोलकत्ताका नितिश रानाले सार्वधिक ५९ रन बनाए । राहुल टेवाटियाले ३ विकेट लिए भने ट्रेन्ट बोल्टले र क्रिश मोरिसले समान २ विकेट लिए ।

Advertisement

Advertisement

Advertisement