महले सबै भाँडा भरिए, मह बेच्न बजारको खोजी

Advertisement

मोरङः मोरङमा उत्पादन भएको मह बिक्रीका लागि बजारको अभाव भएको छ । अधिकांस कृषक मौरीपालन पेसामा लागेपछि मह बिक्रीका लागि समस्या परेको हो । जिल्लाको उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकामा ८८ जना कृषक मौरीपानमा व्यावसामा संलग्न भएका छन् । मह उत्पादन वृद्दि भएको र बजारको आभाव भएपछि उनीहरु बिक्रीका लागि बजारको खोजीमा रहेका छन् । कृषकले उत्पादन गरेको मह बेच्नकोलाई बजार नहुँदा समस्या आएको हो ।
भ्अय च्ययाष्लन

मेलीफेरा मौरीपालन सहकारी संस्थाका अध्यक्ष्य बोधराज अतिवडाले बजारको मागभन्दा बढी मह उत्पादन भएपछि उत्पादित मह कृषकको घरमै भण्डारण गरेर बजार खोज्न थालिएको बताए । उनले उर्लाबारीमा मात्र अहिलेको मौसममा ९० क्विन्टल मह उत्पादन भएको बताए ।

मौरीपालन गरिरहेका कृषक रमेश खड्काले तोरी फुल्ने मौसममा भन्दा जंगलका बिरुवा फुल्ने समयमा मह बढी उत्पादन हुने बताए । उनले मह धेरै उत्पादन भएकाले किनेर ल्याएका सबै भाडा भरिएर घरमा भएका सबै भाडामा पनि राखिएको बताए । खड्काले केही दिन अघिमात्र मह काढ्ेका थिए ।

उनले तोरी फुलेको सिजनमा चार क्विन्टल र जंगली फुलको मौसममा दुई क्विन्टल मह उत्पादन भएको बताए । खड्काले हाल २५ घार मौरी पालन गरिरहेका छन् । गत वर्ष पाँच क्विन्टल मह उत्पादन भएपनि चार क्विन्टल मात्र बिक्री गर्दै एक क्विन्टल मौरीलाई खुवाएको उनले बताए ।

सहकारी संस्थाका अध्यक्ष अतिवडासँग हाल ७० घार मौरी छन् । खतिवडाले एक पटकमा १० किलोसम्म मह उत्पादन गर्ने गरेको बताए ।

Advertisement

Advertisement

Advertisement