कम्पनी सचिवहरुको छुटै कानुन, पाठ्यक्रम विकास र परीक्षा प्रणालीका लागि पहल सुरु

Advertisement

काठमाडौंः लेखा व्यवसायीहरुको जस्दै कम्पनी सचिवहरुको पनि छुटै कानुन, पाठ्यक्रम, छनौट प्रक्रिया र नियामन व्यवस्थाका लागि उनीहरुको संगठन नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरिज (एनआइसीएस)ले पहल सुरु भएको छ ।

अन्य मुलुकमा कम्पनी सचिवहरुको नियामनको लागि छुट्टै निकाय गठन भई उसैले अध्ययनको व्यवस्था, अनुमति प्रदान गर्ने काम गर्दै आए पनि नेपालमा भने सरकारका यस विषयमा चासो नदिएको इन्ष्टिच्युटका अध्यक्ष रमेश घिमिरेले बताए ।

उनी भन्छन– विश्वव्यापीकरणका साथै नेपालको कर्पोरेट सेक्टरको इतिहास लामो र ठूलो भइसकेकोले कम्पनी सचिवहरुको कामलाई विशिष्टिकरण गर्न ढिलो गर्न नहुने भन्दै तर चार्टर्ड एकाउन्टेन्टको जस्तै कम्पनी सचिवहरुको काम फरक भए पनि सरकारले यस पेशालाई नियमित कामको रुपमा लिनु गलत भएको बताए ।

मुलुकको अर्थतन्त्रका साथै कर्पोरेट क्षेत्रको विकासको अघि बढ्ने क्रममा कम्पनी सचिवहरुको कामलाई पनि अन्तर्राष्ट्रिस्तरको बनाउन जरुरी रहेको घिमिरेले बताए । उनले भने– विश्व परिस्थितिअनुसार नेपालका कम्पनीहरुले बहुराष्ट्रिय तथा विदेशी कम्पनीहरुसँग प्रतिस्पर्धा गरेर अघि बढ्नुपर्ने बेला छ । यस्तो काममा कम्पनी सचिवहरुको महत्वपूर्ण भूमिका हुन्छ । उनीहरुको क्षमता विकासमा ध्यान दिइएन भने ढिलो हुन्छ ।

कर्पोरेट हाउसहरुमा सुशासन कायम गर्ने र कर्पोरेट कल्चरको विकास गर्ने काममा कम्पनी सचिवको अहम भूमिका हुने भएकाले र सँगसँगै कम्पनीहरुको संख्या पनि दिन प्रतिदिन थपिने क्रम बढेकाले कम्पनी सचिवहरुको छुट्टै अध्ययन, अध्यापन, पाठ्यक्रम विकास, परीक्षा प्रणालीका लागि कानुन निर्माण जरुरी रहेको संगठनको भनाई छ ।

Advertisement

Advertisement

Advertisement