सिजीले ल्यायो ओमेगा सिरिजमा ल्यायो नयाँ बजेट स्मार्टफोन, मूल्य जम्मा रु ९,७७७

Advertisement

काठमाडौंः चौधरी इलेक्ट्रोनिक्सको सहायक कम्पनी सिजी मोबाइल्स प्रालिले ओमेगा सिरिजमा नयाँ स्मार्टफोन– ओमेगा ६ बजारमा ल्याएको छ ।

इलेक्ट्रोनिक्स ब्राण्डमा नेपालमा अग्रता लिँदै आएको चौधरी समूहको यस कम्पनीले आफ्नो ओमेगा सिरिजमा निकै सस्तो मोवाइल बजारमा ल्याएको हो । तीन वटा क्यामरा भएको यस स्मार्टफोनको मूल्य नौ हजार ७७७ रुपियाँ मात्रै रहेको छ । यो स्मार्टफोन ब्ल्याक र गोल्डेन कलरमा उपलब्ध छन् ।

उत्कृष्ट सेल्फी खिच्नका लागि पाँच मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको यस मोवाइल फ्ल्याससहित १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको अटोफोकस ड्यूल रियर क्यामरा रहेको छ । यस फोनमा रहेको ५.५ इन्चको एचडी आइपीएस डिस्प्लेले प्रयोगकर्तालाई उच्चतम तथा स्पष्ट तस्विर देखाउँछ ।

ओमेगा ६ लाई उत्कृष्ट बजेट स्मार्टफोनको रुपमा परिभाषित गर्दै सिजी मोवाइल्सले यसमा फिङ्गर प्रिन्ट अनलक समेत दिइएको जनाएको छ । ओमेगा ६ ले ड्यूल सिम सपोर्ट गर्दछ । यो फोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने १ जीबी र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ । यसको स्टोरेजलाई माइक्रो एसडी कार्डद्वारा ३२ जीबीसम्म थप गर्न सकिनुका साथै आफूले चाहेअनुसारको गेमहरु, एप्स, तस्विरहरु, भिडियोहरु लगायतका आवश्यक डाटाहरु राख्न सकिने छ ।

गूगलद्धारा प्रमाणित एन्ड्रोयड ७.० नगेटअपरेटिंग सिस्टममा आधारित ओमेगा ६ स्मार्टफोनमा वाईफाई, ब्लूटूटथ, यूएसबी, थ्रीजी कनेक्टिभिटी रहेको छ । यो फोनमा दुई छसय एमएएच ब्याट्री राखिएको छ, जसले लामो समयसम्म काम गर्न सक्ने क्षमता प्रदान गर्दछ । ओमेगा ६ स्मार्टफोन देशभरिका मुख्य रिटेल स्टोरहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement