डेढ करोड रुपियाँ लागतमा सुदूरपश्चिमकै पहिलो कोल्ड स्टोर निर्माण

Advertisement

कैलालीः अत्तरियामा सुदूरपश्चिमकै पहिलो कोल्ड स्टोर निर्माण सुरु भएको छ । गोदावरी नगरपालिका, रिज्म् एफ्पी साथै ब्यापारीहरुको लगानीमा कोल्ड स्टोर निर्माण गर्न लागेका छन् । निर्माणपछि यस क्षेत्रका किसान र व्यापारीलाई सहज हुने बताइए ।

अत्तरिया कृषि उपज थोक बजार समितिले तरकारी र फलफूल भण्डारणका लागि समस्या रहेको प्रदेश नम्बर ७ मा एक करोड ६१ लाख रुपियाँको लागतमा कोल्ड स्टोर निर्माण हुनलागेको हो। कोल्ड स्टोरमा दुई सय ९४ मेट्रिक टन तरकारी र फलफूल भण्डारण गर्न सकिने समितिले जनाएको छ ।

केहि महिना भित्रै कोल्ड स्टोर निर्माणको कार्य सम्पन्न हुने जानकारी दिँदै समितिका संयोजक नन्दलाल भट्टले प्रदेशमा तरकारी तथा फलफूल भण्डारनका लागि पहिलो कोल्ड स्टोर निर्माणमा रिज्म् एफ्पीको ४२ लाख, गोदावरी नगरपालिकाको ४० लाख र बाँकी ब्यापारीको लगानी रहने जानकारी दिए ।

स्टोर निर्माणले स्थानीय किसान, व्यापारी र उपभोक्तालाई फाइदा हुने कृषि उपज थोक बजारमा ब्यापार गर्दै आएका केशव पन्तले बताए ।उनले कोल्ड स्टोर नहुँदा यस क्षेत्रमा उत्पादन भईरहेको तरकारी किसानका खेतमै कुहिएको बताए । कञ्चनपुरमा आलु भण्डारन गर्ने कोल्ड स्टोर रहे पनि तरकारी तथा फलफूल राख्न सकिने गरी अहिलेसम्म एउटा पनि कोल्ड स्टोर नरहेको जानकारी दिएको छ । कोल्ड स्टोर नहुँदा किसानले उत्पादन गरेको तरकारी सुरक्षित गर्न समस्या रहेको छ ।

ब्यापारीहरुले काठमाडौंबाट ल्याएको फलफुल स्टोर नुहँदा उपभोक्तासम्म नपुग्दै कुहिने गरेको थोक ब्यापारी हरी दत्त भट्टले बताए ।तरकारी बर्षेनी कुहिने समस्याबाट हैरान बनेका किसानहरु कोल्ड स्टोर निमार्ण हुने भएपछि खुसि भएका छन् । उनीहरुले सरकारसँग किसानको सजिलोका लागि बिभिन्न जिल्ला कोल्डस्टोर निमार्णको माग समेत गरेका छन् ।

Advertisement

Advertisement

Advertisement