धागोको अवैध आयात नरोकिँदा ६० अर्बभन्दा बढिको राजश्व गुम्यो, नेपाली उद्योगहरु पनि मारमा

Advertisement

काठमाडौंः भारत, चीनसहित तेस्रो मुलुकबाट चोरीपैठारी भई तथा न्यून बिजकीकरणमा भित्रिने धागो तथा कपडाहरुको कारण राज्यले ६० अर्ब रुपियाँभन्दा बढिको राजश्व गुमाउनुका साथै नेपाल धागो उद्योगहरु संकटमा परेका छन् ।

विशेषगरी खुल्ला सीमाका कारण भारतबाट अवैधरुपमा धागो आयात बढ्दै नेपालमा डम्पिङ हुँदा नेपाली उद्योगहरु धरासायी बन्दै गएको भन्दै नेपाल धागो उत्पादक संघले मंगलबार पत्रकार सम्मेलन गरी यस्तो आयातलाई नियन्त्रण गर्न र नेपाल उद्योगहरुको संरक्षण गर्न आग्रह गरे ।

संघले बढ्दो आयातलाई निरुत्साहित गर्न र नेपाली उद्योगहरुलाई प्रोत्साहन गर्न संघले पटक पटक लिखित र मौखिमरुपमा सरकार र सम्वन्धित निकायहरुको ध्यानाकर्षण गराउँदै आए पनि त्यसको सुनुवाई नभएको बताए ।

संघका अध्यक्ष पवन गोल्यानले सरकारले अवैध आयात निरुत्साहित न्यून बिजकीकरणको समस्या समाधान गर्ने र नेपाल उद्योगहरुलाई प्रोत्साहन गर्ने हो भने पाँच बर्षमा धागो उद्योगले कम्तिमा पाँच लाखलाई प्रत्यक्ष रोजगारी दिनसक्ने बताए ।

उनले नेपाली धागो उद्योगहरुा १५ अर्ब रुपियाँ लगानी रहेको बताउँदै यस क्षेत्रमा बाँकी रहेका चार उद्योगहरुले १० हजारलाई रोजगारी दिएको बताए । विदेशबाट कच्चा पदार्थ आयात गरी स्वदेशमा धागो उत्पादन गर्दै आएका यस्ता उद्योगहरुको ‘भ्यालु एडिशन’ कम्तिमा पनि ५० प्रतिशत रहेको भन्दै गोल्यानले तर सरकारले यस्ता उद्योगहरुको प्रोत्साहनमा भने उदासिनता देखाएको बताए ।

अवैधरुपमा आयात हुँदै आएको धागो र धागोजन्य वस्तुहरुलाई निरुत्साहित गर्न भन्सार विन्दुमा कडाई गरी न्यून बिजकीकरणलाई निरुत्साहित गर्न संघले सरोकारवाला मन्त्री एवं सचिवहरुको ध्यानाकर्षणसमेत गराएका छनमाग गर्दै राजश्व सचिवको ध्यानाकर्षणसमेत गराइएको छ ।

धागो व्यवसायी संघको विश्लेषण यस्तो छः
विगत तीन वर्षको तथ्याङ्कलाई केलाउँदा स्वदेशमा धागो बिक्रीको तथ्याङ्कअनुसार आर्थिक बर्ष २०६९।७० भन्दा २०७०।७१ मा करिव नौ दशमलव ५० प्रतिशत तथा २०७१।७२ मा २९ प्रतिशत घट्दो क्रममा रहेको छ । जुन निराशाजनक स्थिति हो । विदेशमा धागो ठूलो परिमाणमा उत्पादन हुने भई लागत कम पर्न जाने र आयातित धागोसँग प्रतिस्पर्धा गर्न कठिन अवस्था रहेको छ । हाल भारतीय बजारबाट ठूलो परिमाणमा धागो नेपालमा ‘डम्पिङ’ भइरहेको स्थितिलाई सरकारले तत्कालिन रोकी स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गर्ने नीति लिनु जरुरी छ ।

धागो उद्योगको अहिलेको समस्याः
१. भन्सार मल्याङ्कन न्युन विजकिकरणः
नेपालमा कपडा उद्योगको विकास नै धागो उद्योगको विकास हो । अतः कपडा उद्योग, होजियरी तथा निटिङ्घ उद्योगको विकास जरुरी रहेको छ । अहिले चीनबाट समेत विभिन्न किसिमका कपडा नेपालमा आयात भईरहेका छन । तर, भन्सार नाका केरुङ्गबाट सामान जाँचपास गर्दा प्रति किलो एक अमेरिकी डलरमा समेत मुल्याङ्कन कायम गरि सामानहरु छुटिरहेको छ ।
एचएस कोड नं. ५८००, ५९००, ६०००
आयात                      २०७१।७२                          २०७२।७३                       २०७३।७४
कपडा                        २८,७३६,३९९ किलो           ३१,९३९,३७५ किलो         ४२,५८४,७१७ किलो
(सेन्थिटिक टेक्सटायल– रेडिमेडबाहेक)

२. गलत विवरण पेश गरि सामान आयात भइरहेकोः
हाल स्वदेशमा कटन धागोबाट सामान उत्पादन गर्ने कारखाना एकदम कम छन । तर भारत तथा अन्य देशबाट गलत हार्मोनिक कोड डिक्ल्यरेशन गरि भन्सारबाट धागो आयात भईरहेको छ । कटन यार्नमा भन्सार एक प्रतिशत मात्रै तथा भ्याट छुट छ भने सिन्थेटिक धागो आयातमा पाँच प्रतिशत रहेको छ । यसैको फाईदा उठाई कटन यार्नको नाममा सेन्थिटिक यार्न आयात भईरहेको छ
कटन यार्न एचएस कोर्डः ५२०५, ५२०६, ५२०७
आयात: सन् २०१५ मा ४,७१,५७० किलो । सन् २०१६ मा १२,२८,६६० किलो । सन् २०१७ मा १,०८,४८,७१६ किलो
जबकी नेपालमा हाल कटन धागोबाट कपडा उत्पादन गर्ने कारखाना थप भएको छैन भने प्रतिवर्ष धागोको आयात बढदै गएको उपरोक्त तथ्यबाट स्पष्ट रहेको छ । यसबाट स्पष्ट हुन्छ कि रङ डिक्ल्यिरेशनबाट धागो आयात भईरहेको छ ।

३. हाल विदेशबाट तयारी सिन्थेटिक धागो अयात गर्दाको अवस्थामा भन्सार दरबन्दी पाँच प्रतिशत कायम रहेको छ । भन्सार दरबन्दीको न्युन फरकले गर्दा स्वदेशी धागो भन्दा विदेशी धागोको प्रयोग धेरै भैरहेको र आयात बढदो रहेको ।
सिन्थेटिक यार्न एचएस कोडः ५५०८, ५५०९, ५५१०, ५५११
आयात
सन् २०१५ मा ९,४७,९८९ किलो । सन् २०१७ मा १०,८५,१६२ किलो । सन् २०१८ मा १०,८३,१४५ किलो
भन्सार महशुलः ५ प्रतिशत

बजार व्यवस्थाः
हाल स्वदेशमा रहेका धागो उद्योगहरुले आफ्नो औद्योगिक क्षमताको पूर्णरुपमा उपभोग गरि उत्पादन गर्न सकिरहेका छैनन । विदेशमा बजार खोजी उत्पादनको ८० प्रतिशत धागो निर्यात गरिरहेका छन । तर स्वदेशमा विदेशबाट मुख्यत चीन र भारतबाट आयात हुने कम लागतको धागो तथा न्युन विजकीकरण तथा चोरी निकासीले गर्दा स्वदेशी धागो प्रतिस्पर्धा गर्न नसकी स्वदेशी बजारमा अपेक्षाकृत उपभोग हुन नसकेको अनुसन्धान तथा निरीक्षणबाट देखिएकोे छ ।

अपेक्षाः
१. न्युन विजिकरण लाई रोक्नु पर्ने प्रथमत अनिवार्य छ ।
२. सामानको तौल, परिमाण तथा बस्तु नै गलत घोषणा गरि आयात हुने कुनै पनि
सामान धागो, कपडा तथा रेडिमेड गार्मेन्ट लाई तत्कालै हटाउनुपर्छ ।
३. स्वदेशमा स्थापित अन्य ठुला किसिमका उद्योग जसको भ्यालु एडिशन १० देखि ३० प्रतिशत मात्र रहेको छ उक्त उद्योगहरुलाई ३०।४० प्रतिशत सम्मको आयातमा प्रोटेक्शन (तयारी सामान आयात गर्दा) पाए सरहै ५०।६० प्रतिशतसम्म भ्यालु एडिशन गर्ने यस धागो उद्योगहरुलाई कम्तीमा पनि आयातमा (तयारी सामान) १५ प्रतिशतको प्रोटेक्शन हुनुपर्ने माग रहेको छ ।
४. विदेशबाट सिन्थेटिक धागो तथा कटन धागो आयात गर्दा भन्सार महशुल कम्तिमा पनि १५ प्रतिशत तथा मूअकर समान रहनु पर्ने । तर, कार्पेट तथा सुति कपडा उत्पादन गर्ने उद्योगले कच्चा पदार्थ आयात गरि सामान उत्पादन भएकोमा भन्सार महशुल तथा मू.अ.कर हालैको व्यवस्था अनुसार कायम गरिनु पर्ने ।
६. सुती कपडा निम्न वर्गका ब्यक्तिले प्रयोग गर्ने धारणा भई यसमा सरकारले भन्सार महशुल तथा अन्य कर छुट दिँदै आएको छ । तर हालको अवस्थामा अन्तर्राष्ट्रिय वजारमा सिन्थेटिक भन्दा सुती कपडा अत्यन्तै महगो र उच्च वर्गले प्रयोग गर्ने हुंदा सुती कपडा आयातमा अन्य रेशाका कपडा बाट वनेको सरह भन्सार तथा अन्य कर कायम हुनु पर्ने
तर कात्रोको तथा धार्मिक तथा सांस्कृतीक कार्यको रुपमा प्रयोग हुन आयात हुने सेतो तथा अन्य कोरा कपडा आयात गर्दा भन्सार तथा मू.अ.कर पुर्ण रुपमा छुट हुनुपर्ने ।
७. विदेशबाट आयात हुने कपडा तथा धागोमा एन्टी डम्पिङ र सेफ गार्ड ड्यूटी तुरुन्तै लागु हुनु पर्ने ।
८. नेपाबाट तेस्रो मुलुकमा निर्यात हुने धागोहरुमा नेपाल सरकारबाट हाल दिई आएको नगद प्रोत्साहन लाई वृद्वि गरी पाँच प्रतिशत पुर्याएको खण्डमा उद्योगको निर्यात व्यापार वृद्वि भई १० अर्ब भन्दा बढी निर्यात गर्न सकिने छ । साथै, भारत निकासी गर्दा समेत उपरोक्त किसिमको सुविधा पाउदा निर्यात बढने संघको अपेक्षा रहेको छ ।
१०. स्वदेशी कपडा उद्योगले मूअकरमा दर्ता भएका करदाता वा सरकारी निकायलाई आफ्नो उत्पादन बिक्री गरेमा हालको व्यवस्थाअनुसार उठाएको मूअकरमा ७० प्रतिशत फिर्ता दिने ब्यवस्था रहेको छ ।
तर स्वदेशमा उत्पादित धागोहरु मात्र प्रयोग गरि उत्पादन गरेको कपडा, होजियरी कपडा, निटिङ्ग कपडा लगायत विभिन्न तयारी कपडा उत्पादन गर्दा कच्चा पदार्थ स्वदेशी धागोमा तिरेको मूअकर फिर्ता गर्ने व्यवस्था भएमा हालसम्म करको दायरामा नआएका साना तथा ठूला निटिङ, होजियरी, कपडा सम्पूर्ण उद्योगहरु कर (मूअक)को दायरामा आई सरकारको राजस्वमा समेत बृ%

Advertisement

Advertisement

Advertisement