सय दिनभित्र छवटै चिनियाँ विमान उडाउन पर्यटनमन्त्रीको निर्देशन

Advertisement

काठमाडौंः पर्यटनमन्त्री रवीन्द्र अधिकारीले चीनबाट ल्याइएको छ वटै विमान सय दिनभित्र सञ्चालनमा लयाउन वायु सेवा निगमलाई निर्देशन दिएका छ्न् ।

विमान आउने र विभिन्न बहानामा थन्किने अवस्था रहेकोप्रति चासो जनाउँदै उनले अबको तीन महिनाभित्र विमान पूर्ण रुपमा सञ्चालनका व्यवस्थापन गर्न निगमलाई आग्रह गरे ।

पर्यटनमन्त्री अधिकारीले नेपाल र चीनको सम्बन्ध विमान उडेजस्तै हुनुपर्ने भन्दै आएका विमानलाई सहज रुवमा उडानको वातावरण सिर्जना गर्न दुवै पक्षले ध्यान दिनुपर्ने खाँचो औँल्याए । “छ वटा विमान आएका छन् यो सञ्चालन राम्रो भयो भने दुई देशबीचको सम्बन्ध पनि राम्रो हुन्छ, सधैँ विमान चालक अभाव भनेर उम्कन पाइँदैन धेरै पाइलट उत्पादन गर्ने गरी त्यस अनुरुपको तालीम लगायतका कार्यक्रम प्रभावकारी रुपमा लैजानुपर्छ,” मन्त्री अधिकारीले भने ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमले नयाँ विमानबाट आन्तरिक उडानलाई प्रभावकारी बनाइने बताए ।

निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले निगमका सकेसम्म तीन महिनाभित्रै सबै विमान उडानको व्यवस्थापन गरिने र हालकै गन्तव्यमा उडान भर्ने योजना सुनाए ।

नेपालका लागि चिनियाँ राजदूत यू होङले नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि नयाँ विमान उपयोगी हुने धारणा व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement