इन्धनको आयात झन बढ्यो, नौ महिनामै एक खर्ब दुई अर्बको आयात

Advertisement

काठमाडौंः निर्यातको तुलनामा आयात बढेर देशले व्यापार घाटा थेग्नै नसक्ने अवस्था भएका बेला पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढेको छ ।

चालू आर्थिक वर्षको नौ महिना अर्थात् चैत मसान्तसम्म एक खर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।

आयल निगमको तथ्यांकअनुसार नौ महिनामा एक खर्ब दुई अर्ब रुपियाँको १८ लाख ९३ हजार किलोलिटर इन्धन आयात भएको हो । चालू आर्थिक वर्षको सुरुदेखि नै इन्धनकोखपत बढेको छ ।

आर्थिक वर्ष २०७३ ७४ को कुल आयातको तुलनामा चालू आवको नौ महिनामा छ अर्ब १७ करोड रुपैयाँ मात्र कम इन्धन आयात भएको छ ।

निगमका नायब कार्यकारी प्रबन्ध निर्देशक नागेन्द्र साहले खपत उच्च बिन्दुमा पुगेकाले आयात बढेको बताए । उनका अनुसार गत आर्थिक वर्षमा एक खर्ब आठ अर्ब ९५ करोडको २२ लाख २९ हजार सात सय ४० किलोलिटर इन्धन आयात गरिएको थियो ।

पछिल्ला छ वर्षमा सबैभन्दा बढी इन्धन गत आर्थिक वर्षमै आयात र खप भएको देखिन्छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार भारतसँगको कुल व्यापार घाटामा सबैभन्दा ठूलो हिस्सा इन्धनको छ ।

इन्धन आयातदर प्रतिस्थापन गर्न सकिए व्यापर घाटा पनि न्यून हुने विज्ञको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement