नेपालीहरुलाई जुवा खेलाउने क्यासिनो माजोङका सञ्चालक र व्यवस्थापक पक्राउ

Advertisement

काठमाडौंः क्यासिनो माजोङका सञ्चालक र व्यवस्थापक गरी आठ जनाहरुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त क्यासिनोमा छापा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

विदेशीलाई मात्रै प्रवेशको अनुमति रहेको क्यासिनोमा नेपालीहरु समेत छिराएर खेलाएको भन्दै प्रहरीले छापा मारी सञ्चालकहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा व्यवस्थापक बिनोद श्रेष्ठ, सञ्चालकहरु ओम आचार्य, विकल्प पोखरेल, शंकर पौडेल, तेन्जिक मेलेक, रञ्जित खड्का, अरुण सेढाई, साङगे पासाङ ठकुरी छन् ।

Advertisement

Advertisement

Advertisement