सेञ्चुरी बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच सम्झौता

Advertisement

काठमाडौंः सेञ्चुरी कमर्सियल बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । यस सम्झौताअनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायतका सेवा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र युनियनका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका हुन् ।

बैकले काठमाडौंमा ११ शाखा र पाँच वटा एक्स्टेन्सन काउन्टर , उपत्यका बाहिर ८२ शाखा, तीन एक्सटेन्सन काउन्टरका साथै १० शाखा रहित बैंकिङ सेवा गरी १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement