तिनाउ विकासको नाफामा ३० प्रतिशतले गिरावट

Advertisement

काठमाडौंः तिनाउ विकास बैंकले आव २०७४/७५ को तेस्रो त्रैमासमा खुद मुनाफा पाँच करोड ३८ लाख रुपियाँ कमाएको छ । यो मुनाफा गत वर्षको तुलनामा ३० दशमलव ९५ प्रतिशतले कमी हो । बैंकले अघिल्लो वर्षको सोही अवधिमा सात करोड ८० लाख कमाएको थियो ।

चुक्ता पुँजी ३९ करोड ६६ लाख रुपियाँ रहेको यस बैंकले पुँजी २७ दशमलव ८० प्रतिशतले वृद्धि गरी हाल ५० करोड ६९ लाख रुपियाँ पुर्याएको छ । बैंकले निक्षेपमा २२ दशमलव शुन्य ९ प्रतिशतले वृद्धि गरी चार अर्ब ४८ करोड ३५ लाख रुपियाँ संकलन गरी कर्जामा तीन अर्ब ७९ करोड ९३ लाख रुपियाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी २० दशमलव १७ प्रतिशतले बढेर १२ करोड एक लाख रुपियाँ र संचालन मुनाफा २० दशमलव १७ प्रतिशतले घटेर सात करोड १५ लाख रुपियाँ पुगेको छ । खुद व्याज आम्दानी तथा संचालन मुनाफा घटाएकोले खुद मुनाफा पनि घटेको हो ।

साथै, बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३७ प्रतिशत, जोखिम युक्त सम्पत्ति १४ दशमलव ३९ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक १४ दशमलव १७ रुपियाँ, मुल्य आम्दानीको अनुपात १४ दशमलव ८२ गुणा, प्रतिशेयर नेटवर्थ १२५ दशमलव ६० रुपैयाँ र तरलता अनुपात २४ दशमलव ३० प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement